पोखरामा एक्स स्पोर्ट्स म्यानको शुभकामना आदान प्रदान सम्पन्न

पोखरा न्युज –

स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाई आत्मसाथ गर्दै पोखराका पूर्व बास्केटवल खेलाडीहरुको संस्थाहरुको एक्स स्र्पोट्स म्यानहरुले आपसी भाइचाराको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले शनिबार पोखरामा शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरामा केही साता अघि ‘एक्स स्पोर्ट म्यान मैत्रिपूर्ण बास्केटबल प्रतियोगिता २०७४‘ मा क्लवले प्रथम स्थान हासिल गरेको थियो । सो विजयको खुसियालीमा क्लवका सदस्यहरु र खेलाडीहरुले को विकासका लागि आगामी दिनमा समेत संयुक्त रुपमा मिलेर कार्य गर्न शुभकामना आदान प्रदान विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेका थिए ।

सो अवसरमा एक्स स्पोर्टस म्यानका बरिष्ठ सदस्य सुबेदार मेजर ओम बहादुर गुरुंङ्गले खेलकुद स्वास्थ्यको लागि अनिवार्य रहेको वताए । खेल र सेना वाट अवकास प्राप्त भएका र युवा खेलाडीहरुलाई भेटघाट गराउन तथा उनीहरु बिच आपसी सम्बन्धको विकास गराउन यस्ता कार्यक्रम फलदायी हुने वताए । उनले खेलकुदका विविध कार्यक्रमले समाजमा एकताको भावना सृजना गर्न सहयोग पुग्ने बताए ।

गत महिना असर १८ गते भएको मैत्रिपूर्ण बास्केटबल प्रतियोगितामा ५ टिमको सहभागिता रहेको र प्रतियोगितमा रंगशाला ए ले ७७ स्कोर गर्दै उपाधी जित्न सफल भएको थियो भने लामाचौर टिम ए ले ५९ स्कोरको साथमा दोश्रो स्थान हासिल गर्न सफल भएको थियो । बिजेता टिमले ६ हजार ५ सय र उप बिजेताले ३ हजार ५ सय नगद पुरस्कार प्राप्त गरेको एक्स स्पोर्ट्स म्यानका सदस्य एवम क्लवका व्यवस्थापक तथा खेलाडी समेत रहेका ओम गुरुङले जानकारी दिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button