गाईखुरे झरनामा बढे आन्तरिक पर्यटक

पोखरा न्युज –

डुम्रे बेँसीसहर सडकखण्ड अन्तर्गत उदिपुरको गाईखुरे झरनामा आन्तरिक पर्यटकको भीड बढेको छ । वर्षाको समयमा मात्र पानी झर्ने उक्त झरनाले स्थानीय पर्यटकलाई आकर्षण गरेको हो ।

बिदाको दिन भने झरना हेर्न र रम्न जानेको निकै भीड लाग्ने गरेको छ । हप्ताभरी काममा व्यस्त हुनेहरु बिदाको दिन झरनामा पुगेर थकाइ मेटाउने गर्न थालेका छन् । कतिपय त दिनभरिको थकाइ मेटाउन साँझपख झर्ना पुग्ने गर्दछन् ।

“घर, कार्यालयको सबै थकाइ झरनाले मेटाइदिन्छ” बेँसीसहरका शङ्कर गुरुङले भन्नुभयो, “साथीसँग झरनामा खेल्दा निकै आनन्द हुन्छ ।”

सडक छेउमै भएकाले झरनाको आकर्षणले कतिपयले सवारी साधन रोकेर नै अवलोकन गर्ने गरेका छन् । छोटो समयमा लमजुङका पर्यटकीय गन्तव्य पुग्न नसक्नेहरु झरनामा पुगेर आनन्द लिने गर्दछन् ।

पर्याप्त प्रर्वद्धनको बाबजुद पनि झरनाले अत्यधिक पर्यटकलाई आकर्षण गरेको छ । उक्त झरनाको प्रचार तथा प्रबद्र्धन गर्नसके थप पर्यटक भित्र्याउन सकिने सरोकारवाला बताउँछन् ।

विगत तीन वर्षदेखि सो झरनामा व्यावसायिक क्यानोनिङ गरिँदै आएको छ । झरनामा सुरक्षित तरिकाले क्यानोनिङ गर्न सकिने हुँदा ‘क्यानोनिङ स्पोर्ट’को रुपमा प्रवद्र्धन गर्नुुपर्ने क्यानोनिङ व्यवसायी देवेन्द्रबाबु तिवारीको भनाइ छ ।

सदरमुकाम बेँसीसहर प्रवेश गर्ने जो कोहीलाई पनि यो झरनाले आकर्षित गरेको छ । झरनामा सदरमुकाम बेँसीसहरसहित उदिपुर, भोटेओडार, सुन्दरबजारलगायतका ठाउँका बासिन्दा मनोरञ्जनका आउने गर्दछन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button