रेडियोग्राफी व्यवसायीहरुको भेला पोखरामा सम्पन्न

पोखरा न्युज –

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसर, पोखरामा शनिबार रेडियोग्राफी व्यवसायीहरुको भेला सम्पन्न भएको छ । नेपाल रेडियोलोजिकल सोसाइटीका केन्द्रिय सचिव भिम थापा (अरुण) तथा संस्थापक आजिवन सदस्य उदयकान्त तिवारीको संयोजनमा भएको भेलामा पोखरा तथा सेरोफेरोमा कार्यरत रेडियोग्राफी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

सो भेलाले नेपाल रेडियोलोजिकल सोसाइटीको २७ औं वार्षिकोत्सव पोखरामा भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमिति निर्माण गरेको छ । भेलाले उदयकान्त तिवारीको संयोजकत्वमा कार्यक्रम समन्वय समिति, विमल क्षेत्रीको संयोजकत्वमा प्रचारप्रसार उपसमिती, आत्मराम शाहको संयोजकत्वमा अर्थ व्यवस्थापन उपसमिती, पुजा गुरुङको संयोजकत्वमा अतिथि सत्कार उपसमिती र भुवन अधिकारीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ । त्यस्तै, यातायात तथा आवास व्यवस्थापन उपसमितिका लागि राजन दुवाल, भोजन व्यवस्थापन उपसमितिका लागि अरबिन्द कुमार यादव र राष्ट्रिय भेला व्यवस्थापन उपसमितिका लागि कृष्ण केसीलाई संयोजक तोकिएको छ ।

नेपालमा कार्यरत रेडियोलोजी तथा रेडियोग्राफी व्यवसायीहरुको व्यावसायिक छाता संगठनको रुपमा रहेको नेपाल रेडियोलोजिकल सोसाइटीको २७ औं वार्षिक उत्सव पारेर यहि भाद्र २४ गते पोखरामा कार्यक्रम गर्न लागिएको प्रचारप्रसार उपसमितिका संयोजक विमल क्षेत्रीले बताएका छन् । सो अवसरमा उद्घाटन समारोह, सि.एम.इ तथा व्यावसायिक एवं साङ्गठनिक विषयहरुमा राष्ट्रिय भेला र छलफल हुने उनले जानकारी दिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button