Pokhara News

ठूलो परिणाममा लागुऔषध सहित पोखरामा एकजना पक्राउ

पोखरा न्युज –

पोखरा लेखनाथ महानगरपालिका–२ बागलुङ बसपार्कबाट ठूलो परिणाममा लागुऔषध सहित आइतबार एकजना युवा पक्राउ परेका छन् ।

लागुऔषध ओसारपसारमा संलग्न रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका–५ लुठावाका २१ वर्षीय वासुदेव बराईलाई वडा प्रहरी कार्यालय बगरको टोलीले पक्राउ गरेको हो । भैरहवाबाट पोखरा आउने रात्रि बसमा आएका अभियुक्तको साथबाट ६० ट्याबलेट नाइट्रोभयाट, ५० एम्पुल डाइजापाम, ५० एम्पुल फेनरागन र ५० थान नुर्पिmम लागुऔषधसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवालाई आगुऔषधअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय कास्कीले थप अनुसन्धान गरिरहेको बताइएको छ । यस क्षेत्रका सम्पूर्ण जिल्लामा आगुऔषध नियन्त्रण विशेष ‘अपरेसन सिदा’नामक कार्ययोजना सञ्चालन भएलगत्तै लागुऔषध नियन्त्रणमा सक्रियता बढेको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएकोछ । रासस

अन्य खबर

आज विजयादशमी, टीकाको शुभसाइत बिहान ९ः५१ मा

स्याङ्जा आँधीखोला बगरको कमाइले दशैँ मान्दै मजदूर महिला

रासस

पोखराबाट दशैंको दिनमा २ सय देखि २ सय ५० गाडी संचालनको व्यबस्था मिलाउछौ- केसी

खुल्दैछ.......