पोखरामा प्रिजमको सामाजिक उत्तरदायित्व

पोखरा न्युज –

चार्टर्ड एकाउण्टेन्सी पढाउने पोखराको प्रतिष्ठित संस्था प्रिजम सेण्टर फर लर्निङ प्रालिले सामाजिक उत्तरदायित्व बहन गर्ने शिलसिलामा विन्ध्यवासिनी मन्दिर वरपर रहेका अशक्तहरुलाई एक छाक भोजन दान गरेको छ ।

प्रिजममा अध्ययनरत विद्यार्थीहरुले मन्दिर वरपर बस्ने करिब ५० जना आश्रितहरुलाई भोजनदान गरेको संस्थाका निर्देशक विनित थापाले जानकारी दिए । आर्थिक क्रियाकलापसँग जोडिएको चार्टर्ड एकाउण्टेन्सी पढ्ने विद्यार्थीहरुले सामाजिक उत्तरदायित्वबारे जानकारी राख्नु पर्ने भएकोले विद्यार्थीहरुलाई सामाजिक गतिविधीमा संलग्न गराइएको निर्देशक थापाले बताए । यस्ता गतिविधीलाई निरन्तरता दिँदै जाने समेत उनले प्रतिवद्धता व्यक्त गरे ।

पोखराको न्यूरोडमा रहेको प्रिजम चार्टर्ड एकाण्टेण्टहरुले नै संचालन गरेको शैक्षिक संस्था हो । चार्टर्ड एकाउण्टेन्टहरुको आधिकारिक संस्था ‘आइक्यान’को स्वीकृतिमा संचालित प्रिजमले पोखरामै बसेर चार्टर्ड एकाउण्टेन्सीको आधिकारिक प्रमाणपत्र प्राप्त गर्ने अवसर सृजना गरेको छ । पछिल्लो समयमा नेपालका चार्टर्ड एकाउण्टेन्सीप्रति विद्यार्थीहरुको चासो बढ्दै गएको छ । पढ्ने क्रममा आधिकारिक चार्टर्ड एकाउण्टेन्टको मातहतमा गरिने ‘इन्टर्नसिप’ कै क्रममा तलब पाइने भएकाले पनि यो विषयप्रति विद्यार्थीहरुको चासो बढेको हो ।

‘आफ्नो पढाईको क्रममा लाग्ने खर्च पढ्दा पढ्दै उठाउन सक्नु यो विषयको विशेषता हो’, निर्देशक थापाले भने,‘जागिर खान मात्र नभई स्वतन्त्ररुपले आफै काम गर्न चाहनेहरुलाई पनि चार्टर्ड एकाउण्टेन्सी सबैभन्दा राम्रो विषय हो ।’ कानून र चार्टर्ड एकाउण्टेन्सी पढ्नेहरुलाई स्वतन्त्ररुपले काम गर्ने अवसर प्राप्त हुन्छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button