Pokhara News

मन्त्रिपरिषदमा ३३ प्रतिशत महिला समावेश गर्न माग

पोखरा न्युज –

नेपाल महिला सङ्घले छिट्टै विस्तार हुन लागेको मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न माग गरेको छ ।

सङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष उमा रेग्मीले संविधानमा व्यवस्था भएअनुसार मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न सरकारसमक्ष आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो – “संविधानमा नै महिलाको प्रतिनिधित्व उल्लेख गरिसकेको छ तर प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अहिले शेरबहादुर देउवाले नेतृत्व गरेको मन्त्रिपरिषद्मा समेत महिलाको उल्लेख्य प्रतिनिधित्व हुन सकेन ।”

उहाँले महिला आन्दोलनका कारण मुलुकमा संविधान निर्माण भएको भन्दै महिलाका लागि संविधानले तोकेअनुसारको अधिकार पाउनुपर्ने बताउनुभयो ।

“प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई भेटेर हामीले ३३ प्रतिशत महिलालाई मन्त्रिपरिषद्मा समावेश गर्नुप¥यो भनेर भनेका थियौँ, उहाँले विचार गर्छु भन्नुभएको छ, विचार गरेरमात्र पुग्दैन समावेश गर्नुपर्छ” – अध्यक्ष रेग्मीले भन्नुभयो ।

अध्यक्ष रेग्मीले मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको अधिकारलाई सुनिश्चित नगरे आफूहरु आन्दोलनमा उत्रिने चेतावनीसमेत दिनुभयो । रासस

अन्य खबर

माक्र्सवादका सिद्धान्तलाई नयाँ ढंगले परिभाषित गर्नुपर्छः दाहाल

रासस

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

रासस

संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

रासस
खुल्दैछ.......