बाघ खोज्न सिसिटिभी क्यामरा

पोखरा न्युज –

तिलोत्तमा नगरपालिकाअन्तर्गत शंकरनगर सामुदायिक वनमा बाघ पत्ता लगाउनका लागि आज बिहान सिसिटिभी क्यामरा जडान गरिएको छ ।

जिल्ला वन कार्यालयको नेतृत्वमा डब्लुडब्लुएफका वन्यजन्तु अनुसन्धान अधिकृतसहित दुई दिनदेखि शंकरनगर क्षेत्रमा खटिएका प्रविधिज्ञ टोलीले सिसिटिभी क्यामरा जडान गरेको हो । सो क्षेत्रमा रहेका बाघ बाँदरसँग लडेको स्थानीयवासीले देखेपछि सामुदायिक वनमार्फत आएको टोलीले बाघ हिंँडेको क्षेत्र निरीक्षण गर्नाका साथै सर्भेको काम दुई दिनमा सम्पन गरेको थियो ।

सहायक वन अधिकृत गिरिप्रसाद गैरेले सो क्षेत्रमा ५० सिसिटिभी क्यामरा जडान गरिएको जानकारी दिनुभयो । बाघ बस्नसक्ने संभावित क्षेत्र, हिंँडडुल गर्ने जैविक मार्ग, आहार गर्ने क्षेत्रलगायत स्थानको अनुसन्धान गरेको टोलीले जडान गरेका क्यामरा यही साउन ३० गतेसम्म रहनेछन् ।

ती क्यामरा फरक फरक ठाउँमा रहनेछन् । बीच बीचमा हेर्ने र फेर्ने काम प्राविधिक टोलीले गर्नेछ । शंकरनगर सामुदायिक वन, रामनगर सामुदायिक वन बुटवल, करहिया सामुदायिक वनलगायत वन क्षेत्रमा बाघको अनुगमन अनुसन्धान सुरु भएको गैरेले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button