बौद्ध दर्शनको महत्वलाई अन्तराष्ट्रिय तहमा फैलाइने

पोखरा न्युज –

लुम्बिनी बौद्ध विश्वविद्यालयको आठौँ सभाले बौद्ध दर्शनको महत्वलाई अन्तराष्ट्रिय तहमा फैलाउन बुद्ध शिक्षाको सूक्ष्म तथा बृहत्तर अध्ययनको अवधारणालाई पारित गरेको छ ।

सोमबार सम्पन्न सभाले विश्वविद्यालयको योजना पारित गर्दै अध्ययनको क्षेत्रलाई समाजमा व्यापक रुपमा फैल्याउन मुख्य, नयाँ र सामान्य बौद्ध विषयको विकास गरी भौतिक पूर्वाधार तथा मानव संसाधनको विकासलाई प्राथमिकता दिने जनाएको छ ।

विश्वविद्यालयको प्राज्ञिक उन्नयनका लागि शैक्षिक नियम र प्रशासन सञ्चालनका लागि आर्थिक तथा सेवासम्बन्धी नियम बनाउन कुलपति डा नरेशमान वज्राचार्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । समितिले एक साताभित्र सरोकार पक्षसँग समन्वय गरी अध्ययन गर्ने र प्रतिवेदन तयार पारी विश्वविद्यालयलाई बुझाउनेछ ।

मुलुकमा बौद्ध साहित्यको विकास तथा बौद्ध दर्शनको प्रवद्र्धन गर्ने उद्देश्यले जनस्तरबाट सञ्चालन गर्ने गरी स्थापित विश्वविद्यालयले बौद्ध दर्शनमा स्नातक, स्नातकोत्तर र विद्यावारिधिका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button