पश्चिमाञ्चल क्षेत्रमा १५ प्रतिशत धान रोपाई हुन बाँकी

पोखरा न्युज –

कास्कीमा भने २ प्रतिशत धान रोप्न बाँकी

पश्चिमाञ्चल क्षेत्रमा करिब १५ प्रतिशत धान रोपाई हुन बाँकी रहेको छ । क्षेत्रिय कृषि निर्देशनालयका अनुसार पश्चिमाञ्चल क्षेत्रमा हालसम्म १५ प्रतिशत र कास्कीमा २ प्रतिशत धान रोपाई हुन बाँकी रहेको छ ।

बाँकी रहेको क्षेत्रफलमा यो महिना साउन भरी धान रोपाई हुने अनुमान गरिएको क्षेत्रिय कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत निलकण्ठ कोईरालाले बताए । पश्चिमाञ्चलका १६ जिल्ला मध्ये मनाङ र मुस्ताङ बाहेक १४ जिल्लामा हालसम्म करिब ८५ प्रतिशत धान रोपाई भएको उनले बताए ।

पश्चिमाञ्चल क्षेत्रमा ३ लाख १५ हजार ४ सय ३८ हेक्टर क्षेत्रफलमा धान खेति हुने गरेको छ जसमध्य हालसम्म २ लाख ६७ हजार ८ सय ७० हेक्टर क्षेत्रफल अर्थात ८५ प्रतिशत क्षेत्रमा धान रोपाई भएको कृषि प्रसार अधिकृत कोईरालाले बताए । यस बर्ष बर्षा ढिलो भएको र निर्वाचनको कारणले गर्दा पनि धान रोपाई अघिल्लो बर्षको तुलनामा केहि प्रतिशत कम धान रोपाई भएको कृषि प्रसार अधिकृत कोईरालाले बताए । केही मकै वारी त केही आकासे पानीको भरमा रोपीने केही ठाँउहरु धान रोप्न अझै बाँकी रहेको उनले जनाए । मनाङ र मुस्ताङमा अध्याधिक चिसोको कारणले गर्दा धान खेति हुदैन ।

त्यस्तै कास्कीमा भने हालसम्म करिब ९८ प्रतिशत धान रोपाई सकिएको छ । कास्कीमा २५ हजार ६ सय हेक्टर क्षेत्रफलमा धान खेति हुने गरेको छ भने हालसम्म २५ हजार ८८ हेक्टर क्षेत्रफल अर्थात ९८ प्रतिशतमा धान रोपाई भएको कोईरालाले जनाए । त्यस्तै तनहुँमा १३ हजार २ सय हेक्टर क्षेत्रफल मध्य १० हजार ३२ हेक्टर क्षेत्रफल अर्थात ७६ प्रतिशत धान रोपाई भएको क्षेत्रिय कृषि निर्देशनालयले जनाएको छ । गोर्खामा १२ हजार ८९ हेक्टर क्षेत्रफल मध्य ८ हजार २ सय २० हेक्टर क्षेत्रफल अर्थात ६८ प्रतिशत मात्र धान रोपाई भएको छ भने लमजुङमा १५ हजार ५ सय ५३ हेक्टर क्षेत्रफल मध्य १२ हजार ४ सय ४२ हेक्टर क्षेत्रफल अर्थात ८० प्रतिशतमा धान रोपिएको छ । स्याङजामा १६ हजार ८ सय हेक्टर क्षेत्रफल मध्य १४ हजार २ सय ८० हेक्टर क्षेत्रफलमा अर्थात ८५ प्रतिशत मात्र धान रोपाई भएको छ । रुपन्देहिमा ६९ हजार ५ सय हेक्टर क्षेत्रफल मध्य हालसम्म ६८ हजार ८ सय ५ हेक्टर क्षेत्रफल अर्थात ९९ प्रतिशत धान रोपाई भएको कृषि प्रसार अधिकृत कोईरालाले बताए । म्याग्दीमा ८० प्रतिशत, बाग्लुङमा ७५ प्रतिशत, पर्वतमा ९० प्रतिशत, पाल्पामा ८९ प्रतिशत, गुल्मीमा ८२ प्रतिशत, अर्घखाँचीमा ८० प्रतिशत, कपिलबस्तुमा ६५ प्रतिशत र नवलपरासिमा ९८ प्रतिश धान रोपाई भएको कार्यालयले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button