इयूको कालो सूचीबाट हटाउन प्राधिकरणको पहल

पोखरा न्युज –

युरोपेली सङ्घ (इयू)को हवाई सुरक्षा ‘कालोसूची’मा परेको नेपालको हवाई उडान खुलाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रक्रिया अघि बढाएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को गम्भीर सुरक्षा चासो सूची ९एसएससी०बाट मुक्त भएलगत्तै क्यानले इयूको सूचीबाट पनि मुक्त गराउन पहल थालेको हो । आइकाओले सन् २०१३ ९२०६९-७०० देखि नेपालमाथि लगाएको एसएससीलाई यही २० जुलाई २०१७ ९२०७४ साउन ५० मा औपचारिक रुपमा हटाएको थियो ।

क्यानको प्रगति प्रतिवेदनका आधारमा इयूलाई यही साता पत्राचार गरिने क्यानका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिनुभयो । “हामीले एक-दुई दिनभित्रै प्रगति प्रतिवेदन पठाउछौँ, तर त्यसैको आधारमा निर्णय हुँदैन । आगामी नोभेम्बर (कात्तिक)मा बस्ने इयूको हवाई सुरक्षा समिति (सेफ्टी कमिटी)को बैठकले निर्णय गर्छ,” उहाँले भन्नुभयो ।

इयूका छब्बिस वटै राष्ट्रका प्रतिनिधि सहभागी रहने समितिको बैठक शक्तिशाली फोरम मानिन्छ । त्यसबाट निर्णय भएपछि मात्र नेपाल इयूको कालो सूचीबाट हट्नेछ । आइकाओको सुरक्षा सूचीमा परेलगत्तै इयूले पनि नेपाललाई कालो सूचीमा राखेको थियो ।

नेपाल २०७० मङ्सिर २० देखि इयूको कालो सूचीमा छ जसका कारण नेपाली वायु सेवालाई युरोपको आकासमा उडान गर्न प्रतिबन्ध लागेको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button