पोखराको सेती नदीमा हाम फाली एकजना बेपत्ता

पोखरा न्युज –

श्रीमतीसँगको झगडापछि एकजना पुरुष मंगलबार साँझ पोखरा–लेखनाथ महानगरपालिका–११ रामघाटस्थित सेती नदीमा हाम फाली बेपत्ता भएका छन् ।

सधैँ मादक पदार्थ सेवन गरी घर आउने गरेका झापा घर भई सो ठाउँमा मजदुरी काम गर्दै आएका वर्ष ४५ का प्रकाश सापकोटा नदीमा हाम फाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।

कोठामा श्रीमतीसँग झगडा भएपछि नुहाउन जाउँ भनी आफ्नी छोरी मनिकालाई सेती नदीको डिलमा लिएर गएकोमा त्यतिकैमा उनी एकाएक नदीमा हामफालेका थिए ।

छोरीको हारगुहारपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानले खोजी गरेपनि रातिसम्म भेट्टाउन नसकिएको र आज पनि खोजी कार्य जारी राखिने प्रहरी नायब उपरीक्षक खत्रीले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button