चार हजार व्यापारीलाई कारबाही

पोखरा न्युज –

नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले एक वर्षको अवधिमा नापतौल र पेट्रोलियम पदार्थमा ठगी गरेको आरोपमा चार हजार २२९ व्यापारीलाई कारबाही गरेको छ ।

आर्थिक वर्ष २०७३-७४ मा कार्यालयले दूध तथा दहीमा ठगी गर्ने, समयमा अनुमतिपत्र नलिने, ढकको ठाउँमा ढुंगा पत्थर प्रयोग गर्ने, ढकतराजु समयमा जाँच नगर्नेलगायत शीर्षकमा ती व्यापारीलाई कारबाही गरेको हो ।

कार्यालयका प्रमुख शशीभुषणकुमार यादवले कारबाहीमा परेका व्यापारीमध्ये २२ जनाविरुद्ध अदालतमा मुद्दा चलाइएको जानकारी दिनुभयो । कार्यालयले नयाँ व्यापारीलाई अनुमति प्रदान, पुरानाको नवीकरण र ठगीको आरोपमा कारबाहीमा परेका व्यापारीसँग रु एक करोड १७ लाख ४८ हजार राजश्व संकलन गरेको छ । आव २०७२-७३ मा सो कार्यालयले रु ८३ लाख राजश्व संकलन गरेको थियो ।

गत आवमा चार हजार ९४४ जनाले नापतौल जाँच र दुई हजार ४२६ जनाले नापतौल तथा नाप्ने तौलने यन्त्र अनुमतिपत्र लिएका थिए भने ६८ जना व्यापारीले इजाजतपत्र लिएका कार्यालयले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button