दुई कक्षामा अध्ययनरत ललिता चेपाङको परिवारलाई पोखराका सगुन गुरुङको नेतृत्वमा सहयोग

सुशान्त गाहा मगर, पोखरा न्युज ।

पोखरेली समाजसेबी सगुन गुरुङको नेतृत्वको  टिमले गोर्खाका एक निम्न बर्गिय  चेपाङ परिवारलाई शैक्षिक सामग्री सहित लत्ताकपडा सहयोग गरेको छ ।

गण्डकी गाउपलिका- ६, गोर्खाका हीरा माया चेपाङको परिवारलाई ३० हजार बराबरको शैक्षिक सामाग्री सहित लत्ताकपडा सहयोग गरेको हो । चार जनाको परिवार रहेको चेपाङ परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको कारण दुई कक्षामा अध्ययनरत ८ बर्षिया ललिता चेपाङको पठनपाठनमा समास्या भएको थाहा पाएपछी चेपाङको घरमै गई सहयोग गरेको सगुन गुरुङले बताए ।चेपाङ्को परिवारमा ललिता उनको तीन बर्षिया बहिनी, बुबा र आमाको साथमा मामाघर हजुरआमासँग बस्दै आएका छन ।

शैक्षिक क्षेत्रमा हुने समास्यालाई मध्यनजर गर्दै नमस्ते किड्स फाउन्डेसनले सोही गाउमा भुकम्प पश्चात् श्री अन्नपुर्ण प्राथमिक बिद्यालयको चार कोठे भवन निर्माण गर्दा ललिता सँग भेट भएको बताउदै फेसबुकका साथिहरुद्वारा रकम जुटाएर सहयोग गरेको समाजसेबी गुरुङले बताए ।
उनले भने ललिता एक काचो माटो हुन यिनलाई पकाएर आकार दिन सक्ने बाताबरण परिवारको नभएको कारण हामी यो सानो सहयोगको भुमिका खेलेका हौं, जस्ले गर्दा उनलाई पढाइ प्रतिको सकरात्मक सोच र अगाडि बढ्न उत्प्रेरणा मिल्ने छ ।

ललिता एक बर्षको कलिलो उमेरमै खेल्ने क्रममा बायाँ हात आगोले पोलेको कारण स्फुर्त रुपमा काम गर्न नसक्ने समेत गुरुङले बताए ।
गुरुङको सहयोग आह्वान पश्चात् आर्थिक सहयोग गर्नेहरुमा चिजा गुरुङ ६,६०० मिकिफुङ सुब्बा ५,००० सीता कुमारी बोहोरा ३,३५० दिप्ती गुरुङ २,००० तिल बहादुर गुरुङ १,८०० योगिता गुरुङ ३,००० रहेका छन भने पुनम गुरुङ, सपना गुरुङ तथा बिजि युनिफर्मले लत्ताकपडा सहयोग गरेको थियो ।

देख्दा सानो परिवार तर अत्यन्तै दयनीय जिवनयापान गर्न बाध्य रहेको चेपाङ परिवार दिनमा दुई छाक टार्न मजदुरी नै गर्नु पर्ने ललिताको आमा हीरा माया चेपाङ्ले बताए । मजदुरी गरेर नै घरखर्च चल्ने भएकाले कुनै बेला काम नहुदा दैनिकी गुजार्न गार्‍हो हुने बताउदै छोरिलाई उचित शिक्षा दिलाउन नसकेको बताए । आधारभुत शिक्षा हासिल गर्ने बेलामै पठनपाठनमा समस्या आएको बेला यस्तो खालको सहयोग पाएकोमा खुशी ब्यक्त गर्दै सहयोग आफ्नो छोरिको भबिस्यसँग जोडीएको बताए ।

नमस्ते किड्स फाउण्डेशनका अध्यक्ष समेत रहेका सगुन गुरुङ्ले बालबालिकाहरुको शैक्षिक स्तर उकास्न र शिक्षाको ज्योतिबाट बन्चित हुन नपरोस भन्ने हेतुले बालबालिकाको पारिवारिक स्तर हेरेर सहयोग गर्दै आएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button