साँस्कृतिक सम्पदा संरक्षण गर्न फ्रान्सेली सहयोग

पोखरा न्युज –

फ्रान्स सरकारले काठमाडौँ उपत्यकाका ऐतिहासिक एंव साँस्कृतिक महत्वको सम्पदाको संरक्षणमा दक्ष जनशक्ति उत्पादन गर्न रु बाह्र लाख ५० हजार अनुदान उपलब्ध गराउने भएको छ ।

फ्रान्सको सँस्कृति मन्त्रालयले नेपालस्थित संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक, साँस्कृतिक संगठन (युनेस्को) लाई उक्त रकम प्रदान गर्ने आज घोषणा गरेको हो । पुरातत्व विभागसँग समन्वय गरी युनेस्कोले ऐतिहासिक, कलात्मक वस्तुको संरक्षणसम्बन्धी काममा उक्त रकम खर्च गरिनेछ । बुधबार आयोजित एक समारोहमा नेपालका लागि फ्रान्सका राजदूत इभ कर्मोना र नेपालस्थित युनेस्कोका प्रतिनिधि क्रिश्चियन मानहार्टले सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

स्वयम्भू, पाटन दरबार क्षेत्रका ढुंगा र काठका कलात्मक ऐतिहासिक सामग्रीको संरक्षणमा फ्रान्सेली संरक्षण विषेशज्ञले नेपालीलाई तालीम दिनेछन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button