गुर्जाको पहाडको ‘क्वार्ज’ पत्थर उत्खनन हुन सकेन

पोखरा न्युज –

धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा रहेको ‘क्वार्ज’ नामक बहुमूल्य पत्थरको खानी उत्खनन हुन सकेको छैन ।

घुर्म खोलाअन्तरगत गुर्जा हिमालको फेदमा रहेको सो खानी आवश्यक प्राविधिक सहयोग नहुनु र राज्यको बेवास्ताका कारण उत्खनन हुन नसकेको हो ।

सुन, चाँदी जस्ता धातुका गहनामा प्रयोग हुने हुँदा सो पत्थरको बजारमा अत्यधिक माग रहेको छ । गुर्जा गाउँबाट करिब एक दिनको पैदल दूरीमा रहेको खानीआसपासका पहाड रातको समयमा बत्ती बले जस्तै टल्किने गरेको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकप्रसाद छन्त्यालले बताउनुभयो ।

“खानीआसपासका क्षेत्र रातको समयमा समेत टल्कन्छन् । प्रचूर सम्भावना भएपनि राज्यले नै चासो देखाएको छैन”– छन्त्यालले भन्नुभयो । गाउँपालिकाको बजेटमा खानीको खोजीका साथै विभिन्न योजनाकाबारेमा समेत छलफल भएको बताउँदै उहाँले यसवर्ष खानीस्थलमै पुगेर हेर्ने बताउनुभयो ।

बहुमुल्य हिराको खानी हुनसक्ने भन्दै एक दशक अगाडि खानी भएकै स्थानमा पुगेर अवलोकन गरी नमूना ल्याइएको थियो । खानी प्राचीनकालमा उत्खनन गरेजस्तो देखिने र नमूना हेर्दा हिरा खानी हुनसक्ने स्थानीय बूढापाकाको ठम्याइ छ ।

साँघुरो रहेको खानीभित्र प्रवेश गर्दा उज्यालो देखिएपछि स्थानीयले घरेलु प्रविधिको प्रयोग गरेर निकाल्ने प्रयास गरेपनि सम्भव नदेखिएपछि फर्किएका थिए । ‘क्वार्ज’ नामक ढुङ्गा भएको पुष्टि भएपछि २०६५ सालमा आयोजित म्याग्दी महोत्सवमा प्रदर्शन पनि गरिएको थियो ।

महोत्सवको आकर्षणका रुपमा रहेको ढुङ्गालाई पहिचान तथा प्रशोधनका लागि भारतसम्म पुरयाइएपनि राज्यको कानुनी प्रक्रिया झन्झटिलो तथा उत्खनन गर्न खोज्ने व्यापारी प्रहरीको निगरानीमा परेपछि अलपत्र अवस्थामा छोडिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button