तनहुँमा एक विद्यार्थी दुई दिनदेखि बेपत्ता

पोखरा न्युज –

तनहुँमा एक विद्यार्थी दुई दिनदेखि बेपत्ता भएका छन् ।

विद्यालय जान निस्केका व्यास–११ तनहुँका १५ वर्षीय सुसन अधिकारी बुधबारदेखि बेपत्ता भएका हुन् । स्थानीय सत्यावती माविमा कक्षा १० मा अध्ययनरत उनी मंगलबार साँझसम्म घर नफर्किएपछि परिवारले खोजी शुरु गरेको छ । उनका साथी र आफन्त कसैकामा पनि उनी नभेटिएपछि खोजिदिन जिल्ला प्रहरी कार्यालय तनहुँमा सुसनका बुबा गणेशले आज निवेदन दिनुभएको छ ।

“हामीले सबैतिर फोन गरेर बुझिसक्यौँ । पहिले गइरहने ठाउँमा गएको छैन” उनकी दिदी सृष्टिले भनिन्– “घरमा पनि खासै नराम्रो भएको होइन । विद्यालय किन नगएको भनेर सोधेका थियौँ, भोलिपल्ट भाइ घरमै आएन ।”
रहेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button