बाली संरक्षण गर्न बीउ बैंक

पोखरा न्युज –

लोपोन्मुख बाली संरक्षणका लागि बेनी नगरपालिका–१ बगरफाँटमा चेतना सामुदायिक बीउ बैंक स्थापना गरिएको छ ।

समुदायमा आधारित जैविक विविधता संरक्षण तथा प्रवद्र्धन (सिवियम) परियोजनाअन्तर्गत जिल्ला कृषि विकास कार्यालयले धान, मकै, गहुँ, कोदो, भटमास, बोडीलगायतका खाद्य बालीको बीउ बैंक स्थापना गरेको हो ।

स्थानीयस्तरमा भएका तथा अन्य जिल्लाबाट बीउ संकलन गरी बैंक स्थापना गरिएको चेतना सामुदायिक बीउ बैंकका अध्यक्ष जितबहादुर कार्कीले जानकारी दिनुभयो । अधिकांश बीउ लोपोन्मुख अवस्थामा छन् । कृषि विकास कार्यालय र समुदायको गरी रु छ लाखको लागतमा बीउ बैंकका लागि भवन निर्माण गरिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button