उपत्यकाका सडकमा ८८ प्रतिशत खाल्डा पुरिए

पोखरा न्युज –

मेलम्चीको पानी वितरणका लागि खनिएका उपत्यकाको सडकका ८८ प्रतिशत खाल्डा पुरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

सडकमा बनेको खाल्डाखुल्डीका कारण एक विद्यालयकी छात्राको निधन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन १ गते १५ दिनभित्र पुर्न सरोकार भएका कार्यालयलाई निर्देशन दिनुभएको थियो । साउन १५ गतेअगावै खाल्डा पुरी सक्नेगरी काम गरे पनि मौसमका कारण १२ प्रतिशत काम बाँकी रहेको निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो ।

“लाजिम्पाट–महाराजगन्ज क्षेत्रमा खाल्डा पुरे पनि कालोपत्र गर्न बाँकी छ, मौसमका कारण कालोपत्र गर्न सकिएको छैन, रातोपुल–गौशाला र चाबहिल–चुच्चेपाटी क्षेत्रमा पनि केही काम बाँकी छ”– उहाँले भन्नुभयो ।

मौसमले साथ दिए दुई दिनमा बाँकी सबै सडकमा अस्थायी कालोपत्र गरिने निर्देशनालयले जनाएको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजना र स्थानीय तहले पुर्नुपर्ने सडकका खाल्डाखुल्डीको काम पनि धेरै सम्पन्न भएको जनाइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button