गण्डकी बोर्डिङ र पोखरा एकेडेमी जारी ह्याण्डबल प्रतियोगिताको उपाधिको लागि भिड्ने

 

पोखरा न्युज –

डिफेण्डिङ च्याम्पियन पोखरा लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कुल र पोखरा एकेडेमी पोखरामा जारी एकता बुक्स अन्तर बिद्यालय छात्रा ह्याण्डवल प्रतियोगिताको उपाधिको लागि भोलि (सोमबार) फाईनलमा खेलमा प्रतिष्प्रर्धा गर्ने भएकाछन ।

पोखरा रंगशालामा आइृतबार भएको दोश्रो सेमिफाईनल खेलमा पोखरा एकेडेमीले सरस्वती आवासिय बिद्याआश्रमलाई ६–३ को गोल अन्तरले पराजित गर्दै उपाधिको लागि फाईनलमा यात्रा तय गरेको हो । शनिबार पहिलो सेमिफाईनल खेलमा गण्डकीले ज्ञान ज्योति बोर्डिङ स्कुललाई पराजित गर्दै फाईनलमा यात्रा तय गरेको हो ।

त्यसै गरी छात्रतर्फ क्वाटरफाइृनलका खेलहरु सम्पन्न भएको छ । गण्डकीले एस.ओ.एसलाई ९–७ को गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । अर्को खेलमा सोसल पव्लिक स्कुलले कास्की मोडनाईजलाई ११–४ को फाराकिलो गोल अन्तरले पराजित गर्दा सरस्वती आवासिय बिद्याश्रमले चिल्ड्रेन एकेडेमीलाई १२–८ को गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा यात्रा बनाएको हो । श्निबार भएको पहिलो क्वाटर फाईनल खेलमा माउण्ट अन्नपुर्णले अक्सपोर्ड बोर्डिङलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । सोमबार विहान ७ बजे पछि छात्रतर्फको सेमिफाईनल खेल हुने भएको बिद्यालय ह्याण्डवल संघ कास्कीका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । सोसल र गण्डकी तथा माउन्ट अन्नपुर्ण र सरस्वती बिच सेमिफाईनल खेल हुने भएको हो ।

काठमाण्डौंको एकता बुक्स डिष्ट्रिब्यूटर्स प्रा.लिले मुख्य प्रायोजन गरेको उक्त प्रतियोगितामा २३ बिद्यालयको सहभागिता रहेको प्रतियोगिता संयोजक क्याप्टेन जग बहादुर गुरुङले बताए । तेश्रो संस्करणको उक्त प्रतियोगिता अन्र्तगत छात्र तर्फ २२ र छात्रा तर्फ १८ टिमको सहभागिता रहेको बिद्यालय ह्याण्डवल संघ कास्कीका सचिव खिम गुरुङले जनाए । अन्तराष्ट्रिय ओलम्पिक दिवस तथा अन्तराष्ट्रिय ह्याण्डवल दिवसको अवसरमा नेपाल ह्याण्डवल संघको तत्वावधान र कास्की जिल्ला बिद्यालय ह्याण्डवल संघ र कास्की जिल्ला ह्याण्डवल संघको सयुक्त आयोजनामा उक्त प्रतियोगिता करिब एक महिना अघि पोखरामा लिग चरणका खेलहरु भएको थियो । प्रतिकुल मौसमले गर्दा आईतबार सम्पन्न हुने उक्त प्रतियोगिता सोमबारसम्म लम्बिन पुगेको आयोजकले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button