पोखराका सञ्चयकर्ता कर्मचारीलाई ३९ करोड ६१ लाख ऋण सहयोग

पोखरा न्युज –

कर्मचारी सञ्चयकोष शाखा कार्यालय, पोखराले आव २०७३-७४ मा १३० सञ्चयकर्ता कर्मचारीलाई रु ३१ करोड ६१ लाख ७२ हजार नयाँ घर निर्माणमा घर सापटी ऋण सहयोग गरेको छ ।

कार्यालयले सोही अवधिमा ११ जनालाई रु दुई करोड ४४ लाख ४१ हजार शैक्षिक सापटी, ४४ जनालाई रु सात करोड ५६ हजार घर मर्मत सापटी ऋण प्रवाह गरेको शाखा प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सोही अवधिमा घर सापटीमा रु १८ करोड, शैक्षिक सापटीमा रु सात लाख र घर मर्मततर्पm रु ६५ लाख असुली गरेको छ । उक्त अवधिमा नौ हजार ९६९ सञ्चयकर्ता कर्मचारीलाई रु एक अर्ब ३४ करोड ५८ लाख ८१ हजार विशेष सापटी र दुई हजार २२ अवकाश प्राप्त कर्मचारीलाई रु ३१ करोड ५२ लाख ३२ हजार कोष कट्टी जम्मा रकम भूक्तानी गरेको शाखा प्रमुख पौडेलले बताउनुभयो ।

सामाजिक सुरक्षणअन्तर्गत कल्याणकारी बीमातर्फ चारजना कर्मचारीका परिवारलाई रु ६ लाख, काजकिरिया खर्च अनुदानतर्फ २४ जनालाई रु सात लाख २० हजार र दुर्घटना क्षतिपूर्तितर्फ पाँच जनालाई रु ६ लाख २५ हजार, औषधोपचार सुविधा तर्फ दुईजना कर्मचारीलाई रु २० हजार र सुत्केरी तथा शिशु हेरचाह योजना खर्चतर्फ एक हजार ४६१ कर्मचारीलाई रु एक करोड ९ लाख ५७ हजार प्रदान गरेको छ ।

यसै अवधिमा गण्डकी तथा धौलागिरि अञ्चलमा रहेका निजी क्षेत्रका विद्यालय, कलकारखाना तथा गैरसरकारी संस्था गरी १८ वटा कार्यालयलाई आ—आफ्ना कर्मचारीको संचयकोष कट्टी रकम कोषमा जम्मा गर्न कार्यालयले स्वीकृति दिएको थियो । ती कार्यालयमा कार्यरत करिब ३०० कर्मचारीलाई कोषको परिचयपत्र वितरण गरिएको छ । यस क्षेत्रका निजामती, नेपाली सेना, प्रहरी सार्वजनिक एवं निजी विद्यालय तथा अन्य संघ संस्थाबाट आठ हजार ३७९ थान कोषकट्टी रकमको फांटवारी संकलन र तीन हजार ५११ थान कोषको परिचयपत्र समर्थन गरिएको थियो ।

कोषमा आवद्घ कर्मचारी तथा कामदारको लागि निःशुल्क रुपमा दुर्घटना क्षतिपूर्तितर्फ रु एक लाख पच्चीस हजार, काजकिरिया खर्चतर्फ रु तीस हजार, औषधोपचार शीर्षकतर्फ अधिकतम रु पचास हजार र सुत्केरी तथा शिशु हेरचाह योजनातर्फ रु सातहजार ५०० सम्म सहयोग गरिन्छ ।

कोषले गण्डकी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, नयाँबजार पोखरामा औषधोपचार गर्दा संचयकर्ता कर्मचारीलाई कोषको परिचयपत्रको आधारमा परीक्षण शुल्कमा रु ५०, भर्ना शुल्कमा रु १००, एक्सरे र ल्याबमा १० प्रतिशत छुट तथा औषधिमा ५ प्रतिशत छुटको व्यवस्था मिलाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button