गुणस्तरीय शिक्षासम्बन्धी समाचार न्यून

पोखरा न्युज –

शिक्षासम्बन्धी नीति, नेता र औपचारिक समाचारले मात्र राष्ट्रिय सञ्चार माध्यममा स्थान पाउने गरेको पाइएको छ ।

शिक्षा पत्रकार समूहले काठमाडौँबाट प्रकाशित विभिन्न सातवटा नेपाली र अंग्रेजी दैनिकका गत फागुनदेखि असार मसान्तसम्मको सामग्री विश्लेषणमा गुणस्तरीय शिक्षा र सोसंग सम्बन्धित खोजी समाचार भने कम भएको जनाएकोे हो ।

अध्ययन गरिएका अवधिमा ती दैनिकमा कुल ११८१ शिक्षासंग सम्बन्धित समाचार रहेकामा उपत्यका बाहिरका ६६६, उपत्यकाभित्र ५१५ समाचार छन्, त्यसमध्ये ६६८ औपचारिक र ४९३ अनुसन्धानमूलक समाचार छन् । शिक्षासम्बन्धी ५०९, जवाफदेहिता सम्बन्धी १५०, परीक्षा सम्बन्धी १३८, गुणस्तरीय शिक्षा सम्बन्धी २५ मात्र छन् ।

अध्ययन समीक्षा सम्बन्धी आज उहाँ आयोजित कार्यक्रममा समूहका अध्यक्ष दीपक दाहालले सञ्चार माध्यमले संख्यात्मकरूपमा शिक्षाका विषयलाई स्थान दिएपनि गुणस्तरीय शिक्षा र त्यससम्बन्धी खोजपूर्ण समाचार भने कम भएको बताउनुभयो ।

समूहका महासचिव शेषकान्त पण्डितले यस प्रकारका अध्ययन र विश्लेषणलाई नियमित गरी सम्पादक र समाचारदाताबीच अन्तरसंवाद हुँदै आएको बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button