फलेवास र कुश्मा नगरपालिका जोड्ने पुल निर्माण सम्पन्न

पोखरा न्युज –

फलेवास र कुश्मा नगरपालिकाको सिमानामा पर्ने मल्र्यादी खोलामा सवारीसाधन चल्ने पुलनिर्माण भएको छ ।

रु एक करोड ८३ लाखको लागतमा जिल्लाका दुई नगरलाई जोड्ने २५.६ मिटर लामो उक्त पुल हालै निर्माण भई सञ्चालनमा आएको हो ।

सम्झौता गरेको १५ महिनामा बनाएको सो पुल भूकम्प र नाकाबन्दीका कारण सम्झौता अवधि ६ महिना लम्बिएकोे ठेकेदार कंपनी रसुवा आश्रय जेभीका प्रतिनिधि यज्ञबहादुर थापाले जानकारी दिनुभयो । पुल बनेपछि फलेवास नगरपालिकाका शंकरपोखरी, थापाठाना, भंगरा, कार्कीनेटा, फलामखानी लगायतका बासिन्दाले बाह्रैमास सवारीसाधन चढ्ने पाउने भएका छन् ।

पुल बनेपछि त्यस क्षेत्रका बासिन्दाले उत्पादन गर्ने कृषि उपज कुश्मा बजारसम्म ल्याउन र बजारका सामान गाउँमा लैजान सहज हुने भएको छ ।

“पुल नहुँदा बर्षाभरी सवारी साधन सञ्चालनमा समस्या थियो तर अब भने जुनसुकै मौसममा सवारी साधन चलाउन समस्या हुने छैन ।” फलेवास नगरपालिका– ३ का वडाध्यक्ष अर्जुनबहादुर कार्कीले भन्नुभयो, “ पुल निर्माणसँंगै दुई नगरपालिकाको आर्थिक समृद्धिको ढोका खुलेको छ ।”

केही समयपछि मल्र्यादीखोलादेखि शंकरपोखरी हुँदै भंगारासम्म सडक पक्की बनाउने तयारी भएको उहाँले बताउनुभयो । पुलसंँगै सडकलाई पक्की बनाउन फलेवास नगरपालिकाले पहल गर्ने भएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button