सहारा क्लबको अगुवाईमा पोखरामा दुई उमेर समुहका फुटबल एकेडेमी संचालन गर्ने

पोखरा न्युज –

सहारा क्लब पोखराले दुई वटा उमेर समुहमा फुटवल एकेडेमी संचालन गर्ने तयारी गरेको छ ।

पोखरामा पछिल्लो क्रममा फुटबल खेलाडीहरुको खडेरी देखा पर्न थालेकोले त्यसलाई पुर्तिगर्न पनि क्लबले १२ र १४ बर्ष मुनिका खेलाडीहरु सहभागि हुने गरी फुटबल एकेडेमी संचालन गर्न लागिएको क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए । उनका अनुसार पोख्रेली खेलाडीहरुले नेपालको ए डिभिजन क्लबहरुमा उल्लेखनिय मात्रामा उपस्थिति जनाउन आएको अबस्थमा पछिल्लो क्रममा नगन्य मात्रामा नेपालको ए डिभिजन क्लबहरुमा आबद्ध भएको र पोखरामा फुटबल खेलाडीहरु अभाव भएकोले गर्दा खेलाडी उत्पादन गर्ने उद्धेश्यले पनि उक्त एकेडेमी संचालन गर्न लागिएको हो ।

“आत्मा साँची राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले पोखराको फुटबल खेलको विकासमा एकेडेमी संचालन गर्दै आएको छ । हरेक बर्ष अन्तराष्ट्रिय क्लव स्तरिय आमान्त्रित आहा ! रारा गोल्ड कपको आयोजना गर्नाले पनि खेलाडी उत्पादनमा थप टेवा पुगेको क्लवले विश्वास लिएको छ ।

कठिन परिस्थिति एवं विपन्न वर्गको फुटबल एकेडेमी दोविल्लामा सञ्चालन भएसंगै मुख्य प्रशिक्षक किरण श्रेष्ठ र सहायक प्रशिक्षक प्रहलाद हिराचनले प्रशिक्षण गराउने भएका हुन । कास्की जिल्ला खेलकुद विकास समिति, पश्चिमाञ्चल खेलकुद विकास समिति एवं राष्ट्रिय खेलकुद परिषद लगाएतको विशेष सहयोगमा साउनबाटै संचालन हुने भएको अध्यक्ष आचार्यले बताए । यही साउन १९ देखि २२ गतेसम्म पोखरा रंगशालामा विहान ६ बजे देखी उक्त एकेडेमीको लागि खेलाडी छनौट कार्यक्रम राखिएको क्लवले जनाएको छ । फुटवलमा सम्भावना भएका खेलाडीहरुलाई एकेडेमीमा सहभागि गराउन क्लवले आव्हान समेत गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button