भुटानी शरणार्थी शिविरको पाँचबुँदे माग

पोखरा न्युज –

भुटानी शरणार्थी शिविर व्यवस्थापन समिति झापा–मोरङले सरकारसमक्ष पाँच बुँदे माग अघि सारेको छ ।

रिपोर्टर्स क्लब नेपालमा शिविरले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले शरणार्थीको समस्या समाधान गर्ने तथा यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारसँग आग्रह गर्नुभयो ।

भुटानी जनताले पनि मानिस हुनुको गर्व गर्न पाउनु पर्नेमा जोड दिँदै उहाँले देश छोडेर शरणार्थी भएर बस्नुको पीडा कारुणिक हुन्छ भन्नुभयो ।

नेकपा (एमाले) का सांसद महेन्द्रा लिम्बूले शिविरमा मानवताको खडेरी परेको बताउँदै भुटानी शरणार्थीको स्थिति निकै नाजुक छ भन्नुभयो ।

शिविरका सल्लाहकार राजमान गुरुङले २५ वर्षदेखि नेपालको पूर्वी भागमा बसोबास गर्दै आएका भुटानी शरणार्थीको समस्या दीर्घकालीनरुपमा समाधान गर्न नेपाल सरकारसँग जोडदार माग गर्नुभयो ।

शिविरका प्रवक्ता सुकबहादुर राईले तेस्रो देश पुनर्वास कार्यक्रमले एक लाख भुटानी शरणार्थी अमेरिका, क्यानाडा, नर्वे, बेलायत, न्युजिल्याण्ड, नेदरल्याण्ड, अस्ट्रेलिया, डेनमार्कलगायतका देशमा स्थानान्तरण भइसकेको र बाँकी रहेकालाई तत्काल व्यवस्थापन गर्न माग गर्नुभयो ।

टोली संयोजक तथा पथरीका शिविर सचिव चम्पासिङ राईले झापा र मोरङमा रहेका बेलडाँगी र पथरी शनिश्चरे शिविरमा थोरै संख्यामा रहेका भुटानी शरणार्थीको राहतसमेत दिनप्रतिदिन कटौती हुँदै आएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

शरणार्थीले भुटान सरकारसँग गरिएको छानबिन र वार्तालाई पुनः अगाडि बढाई अन्तराष्ट्रिय स्तरबाट सुचारु गरी देश छोड्दा छाडिएका सम्पति र मानवअधिकारको पूर्ण ग्यारेन्टीसहित ससम्मान स्वदेश फिर्ता हुन पाउनु पर्ने, पुनर्वासमा जान चाहने शरणार्थीका लागि यथासक्य चाँडो पुनर्वास गराउनुपर्ने, भुटानी शरणार्थीको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरिनु पर्नेजस्ता माग गरेका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button