स्वाइन फ्लुका कारण भिरकोट स्याङजाका विद्यालय एक हप्ता बन्द हुने

 

सन्देश श्रेष्ठ

पोखरा नेव्स –

छिमेकी जिल्ला वालिङ नगरपालिकामा स्वाईन फुलुको बिरामी भेटिएपछि सतर्कता स्वरुप स्याङजाको भीरकोट नगरपालिकाका स्कुलहरु एक हप्ता बन्द गरिने भएका छन् । छिमेकी नगरपालिकामा स्वाईन फ्लु भएका बि भेटिएको पुष्टी भएपछि अन्यलाई सर्न नदिनको लागि सर्तकर्ता स्वरुप यहि साउन २२ गतेदेखी २८ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्न आह्वान गर्दै भिरकोट नगरपालिकाले विज्ञप्ती निकालेको हो ।

नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज ढुङगानाले शुक्रबार जारी गरेको विज्ञप्तीमा अहिलेको विद्यालय बन्दको सोधभर्ना दशैं बिदाबाट गरिने उल्लेख छ ।

विज्ञप्तीमा स्वाइन फ्लु र सक्रमण बाट जोगिनको लागि बंगुर र सुगुर को विक्रिवितरण बन्द गर्न र उपभोग नगर्न पनि आगह गरिएको छ ।

नगरपालिकाले स्वाईन फ्लुबाट बच्नका लागि एक आपसमा हात नमिलाउन, भिडभाडमा नजान, सफा सुग्घर बस्न र मास्कको प्रयोग गर्न पनि नगरबासीमा आग्रह गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button