पोखरा स्पोर्ट्स अवार्ड आज सभागृहमा हुँदै, प्रवेश निशुल्क

Pokhara Sports Award
पोखरा न्युज –

नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीको आयोजनामा आज शनिबार पोखरा सभागृहमा दोश्रो पोखरा स्र्पोट्स अर्वाड कार्यक्रम हुँदैछ । दिउँसो २ बजेपछि हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको मञ्च, कास्कीका अध्यक्ष केशव पाठकले जानकारी दिए ।

अवार्ड समारोहको शुभारम्भ पोखरा लेखनाथ महानगरपालिका कार्यालयका प्रमुख मानबहादुर जिसीले गर्नेछन् । विविध सांगीतिक कार्यक्रमसहित हुने समारोहमा चर्चित गायक प्रमोद खरेल र बिनोद बानियाँले आफ्नो प्रस्तुति राख्नेछन् । यस्तै, बीबोईङ, जुम्बा डान्सका साथै सालैजो तथा झ्यारे नृत्य राष्ट्रिय भावका गीतमा नृत्य र मार्शल आर्टसका खेलाडीहरुको खेलकुदका प्रस्तुति समेत रहने मंचले जनाएको छ । खेलाडीहरुले ¥याम्प वाक समेत गर्नेछन् ।

गत वर्षबाट सुरु भएको पोखरा स्र्पोट्स अर्वाडमा यस पटक पूर्व अग्रज खेलाडी खड्गबहादुर रानाभाटलाई लाइफ टाइम एचिभमेन्ट अर्वाड सम्मान अर्पण गरिने मञ्चले जनाएको छ ।

वर्ष उत्कृष्ट महिला खेलाडीमा फुल कन्ट्याक्ट कराँतेकी सुस्मी श्रेष्ठ, भारोत्तोलनकी टीका माया गुरुङ र भलिवलकी अरुणा शाही मनोनयनमा परेका छन् । यसैगरी वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका करण केसी, लन टेनिसका कुमार अधिकारी र ह्याण्डबलका विशाल वस्नेत मनोनयनमा परेका छन् ।

वर्ष उत्कृष्ट उदियमान खेलाडीमा भलिबलकी ममता डगौरा, एथ्लेटिक्सका दर्शना बुढा मगर र सागर नेपाली मनोनयनमा परेका छन् । यसैगरी, उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका सुनबहादुर लामा, भारोत्तोलनका वखतमान श्रेष्ठ र एथ्लेटिक्सकी इन्द्रा मल्ल मनोनयनमा परेका छन् । बर्ष उत्कृष्ट खेल संघबाट कास्की जिल्ला लन टेनिस संघलाई सम्मान गरिने मञ्चले जनाएको छ । वर्ष उत्कृष्ट संघलाई नगद १० हजार र अर्वाड प्रदान गरिने छ । मनोनयनमा परेका तीन जना मध्ये प्रत्येक बिधाबाट सर्वोत्कृष्ट चयन गरी अवार्ड प्रदान गरिनेछ । महिला तथा पुरुष उत्कृष्टलाई २५–२५ हजार र अन्य लाई जनही १०–१० हजार नगद र अर्वाड सहित सम्मानित गरिने छ । उक्त कार्यक्रमलाई गण्डकी टेलिभिजन र पोखरा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

पोखरा स्र्पोट्स अर्वाडलाईलाई दर्जनौ संघसंस्थाहरुले सहयोग गर्ने क्रम जारी रहेको मञ्चका सचिव रञ्जन अधिकारीले जानकारी दिए । पछिल्लो क्रममा तमु धिँ यूकेबाट प्राप्त २५ हजार नगद मेजर लक्ष्मीप्रसाद गुरुङले उपाध्यक्ष दिननाथ बराललाई हस्तान्तरण गरे ।

यस्तै, पोखरा स्पोर्टस् अवार्डका लागि हङकङ हर्बल ब्युटी ईन्स्टिच्युट तथा क्लारा इन्टरनेशनल स्पा एण्ड ब्युटी कलेजले टीसर्ट सहयोग गरेको छ । कलेजकी अध्यक्ष मीना गुरुङले मञ्चका केन्द्रिय महासचिव प्रकाश तिमिल्सिना, जिल्ला अध्यक्ष केशव पाठकलाई हस्तान्तरण गरिन् ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button