पोखरामा जारी कर्पोरेट सेभेन ए साइडको सेमिफाइनल र फाइनल सोमबार

पोखरा न्युज –

पोखरा रंगशालामा जारी बीरबहादुर जि.सी स्मृति अन्तर कर्पोरेट सेभेन ए साइड फुटबल प्रतियोगितामा रोट्रयाक्ट क्लब अफ हेम्जा, टिएन मल्टिी नेशनल कम्पनी, लायन्स क्लब अफ पोखरा मुनाल र बिशाल बजार ब्यापारिक एसोशिएसनको टोली सेमिफाइनलमा प्रबेश गरेको छ ।

नेपाल सेभेन ए साइड फुटबल फेडेरेशनको आयोजनामा जारी आइतबारको क्वाटर फाइनल खेलहरुमा टिएन मल्टिनेशनल कम्पनीले नेपाल मोवाइललाइ ३–२ गोलले, लायन्स क्लब अफ पोखरा मुनालले हेम्जा ब्यापारिक एसोसियसनलाई टाइबे्रकरमा ३–१ ले, रोट्रयाक्ट क्लब अफ हेम्जाले लायन्स क्लब अफ पोखरा टुरिजम सिटीलाई ४–१ तथा बिशाल बजार ब्यापारिक एसोसिएसनएले फेवा टिभीलाई ३–२ गोलले पराजित गरि सेमिफाइनलमा पुगेको हो ।

सोमबार हुने सेमिफाइनल खेलहरुमा टिएन मल्टिनेशनल कम्पनी बिरुद्ध रोट्रयाक्ट क्लबअफ हेम्जा तथा बिशाल बजार ब्यापारिक एशोसियसन बिरुद्ध लायन्स क्लब अफ पोखरा मुनालका बिच बिहान ८ बजेबाट पोखरा रंगशालामा खेल हुने संयोजक सुनिल जिसीले जानकारी दिए । सोमबार सम्पन्न हुने प्रतियोगितामा विजेता टोलीले रु ५० हजार र उपविजेतालाई ३० हजार सहित शिल्ड, पदक तथा प्रमाण पत्र प्राप्त गर्ने छन ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button