स्याङ्जाको वालिङमा पेन्सन बुझ्न आएका १०० वर्षीय बृद्धको मृत्यु

पोखरा न्युज –

पेन्सन बुझ्न आएका एक वृद्धको मंगलबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा भीरकोट नगरपालिका–८ जोगीथुमका सय वर्षीय देवाखर काफ्ले रहेको छ ।

वालिङ भकुण्डेस्थित भारतीय पेन्सन वितरण केन्द्रको गेटमा गाडीबाट ओर्लिएपछि एक्कासी ढलेर बेहोस भई काफ्लेको मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

स्याङ्जाको वालिङमा वर्षमा २ पटक भारतीय सेनामा कार्यरत भूतपूर्व सैनिक तथा उनका परिवारहरुलाई क्याम्प खडा गरी पेन्सन वितरण गर्दै आएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button