प्रतिकूल मौसमले गोसाइँकुण्डका यात्रु रोकिए

 

पोखरा न्युज –

प्रतिकूल मौसमका कारण गोसाइँकुण्डका हवाईयात्रु मंगलबार बिहानदेखि चन्दनबारीमा रोकिएका छन् ।

श्री एयरलाइन्स प्रालिका प्रबन्ध निर्देशक अनिल मानन्धरका अनुसार मंगलबार बिहान धार्मिक यात्रु गोसाइँकुण्ड पुरयाइ फर्कने क्रममा प्रतिकूल मौसमका कारण उडान भर्न नसक्दा छजना यात्रुसहित हेलिकप्टर चन्दनबारीमा रोकिएको छ ।

मंलगबार बिहानदेखि रसुवाली आकाशमा कुहिरोले नछोडेकाले बीच बाटोमा रोकिनुपरेको उडान भर्ने वरिष्ठ चालक हीरा दाहालले बताउनुभयो । अहिले सबै यात्रु चन्दनबारीस्थित रेडपाण्डा होटलमा रहेको बताइएको छ । मौसम खुल्ने सम्भावना देखिँदैन ।

प्रतिकूल मौसमले गर्दा टेलिफोन लाइन सुधारको क्रममा करेन्ट लागेर घाइते भएका प्रेम बस्याललाई उपचारार्थ मोटरबाटै काठमाण्डौ पठाउनुपरेको नेपाल टेलिकम रसुवाले बताएको छ ।

टेलिकम प्रमुख जनक डाँगीका अनुसार अप्टीकल फाइबरको तार विद्युत् प्राधिकरणको पोलबाट जडान गर्ने क्रममा ११ हजार भोल्ट करेन्ट प्रवाह भएको तारमा छुन पुगेको र यहाँको अस्पतालमा प्राथमिक उपचार गराई हवाई मार्गबाट काठमाण्डौ लान खोज्दा प्रतिकूल मौसमले हेलिकप्टर झिकाउन नसकिएको हो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button