नोकियाको नयाँ मोडल पोखराको बजारमा

पोखरा न्युज –

विश्व बिख्यात मोबाईल फोन उत्पादक कम्पनी नोकियाले नयाँ मोडेलका फिचर्स सहितको मोवाईल फोनहरू बजारमा उपलब्ध गराएको छ ।

नोकियाले नयाँ मोडेलका सस्तो मुल्यका मोवाईल हालै पोखरा बजारलाई लक्षित गरी बजारमा ल्याएको न्यु एस.पि. ईन्टरप्राईजेज, पोखराका निर्देशक शिवराज पहारीले बताए । उनका अनुसार उपलब्ध नोकिया १०५ मा सिंगल सिम र डबल सिम लाग्ने दुईवटा फरक मोडलका मोवाईल बजारमा आएकाछन । उक्त मोवाईलमा लामो समय टिक्ने ब्याट्री, एफएम रेडियो, टर्चलाईट लगायतका सुविधा उपलब्ध भएको कम्पनीले जनाएको छ । पोखरा क्षेत्रको लागि नोकिया मोवाईलको आधिकारिक वितरक न्यु एस.पि. ईन्टरप्राईजेज पोखरा रहेको छ ।

नोकिया १०५ सिंगल सिमको हजार ७ सय र डबल सिमको एक हजार ७ सय ९० रूपैँया मुल्य रहेको कम्पनिले जनाएको छ । केही समय अघि नोकियाले दुई वटा मल्टिमिडिया युक्त फिचर्स फोन १०५ र ३३१० मोडल तथा नोकिया ३, नोकिया ५ र नोकिया ६ स्मार्ट फोन बजारमा उपलब्ध गराएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button