दोस्रो पोखरा स्पोर्टस् अवार्डका सहयोगीलाई मञ्चद्वारा धन्यवाद ज्ञापन

पोखरा न्युज ।

सबै क्षेत्रको हार्दिकतापूर्ण सहयोगले दोस्रो पोखरा स्पोर्टस् अवार्ड २०७३ भव्य र सफलतापूर्वक सम्पन्न भएको आयोजक नेपाल खेलकूद पत्रकार मञ्च, कास्कीले जनाएको छ । मञ्चले बुधबार समिक्षा बैठकको आयोजना गरी औपचारिक रुपमा सहयोगी सबैलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

मञ्चको आयोजनामा शनिबार दोस्रो संस्करणको अवार्ड समारोह भएको थियो । अवार्ड आयोजना गर्नका लागि विभिन्न संघसंस्था तथा स्वदेश विदेशमा रहेका पूर्व खेलाडी, खेल संघसंस्था एवं खेलप्रेमी महानुभावले आर्थिक सहयोग प्रदान गरेका थिए । सल्लाहकार समिति संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कार्यक्रम अत्यन्त सफल भएको बताउँदै कामले काम सिकाउने भएकाले आगामी दिनमा देखिएका कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने बताए ।

सल्लाहकार एवं संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले पोखरा स्पोर्टस् अवार्ड यहाँको खेलजगतकै अत्यन्त गरिमामय कार्यक्रम रहेको बताए । खेल पत्रकारले सहयोग जुटाएरै यहाँको खेलकुदको विकासमा टेवा पु¥याउने उद्देश्यले निस्वार्थ भावमा लागिपरेको भन्दै ज्ञवालीले सबै पत्रकारको साझा कार्यक्रम भएको उल्लेख गरे ।

सल्लाहकार एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले पत्रकार र खेलकुदकर्मीको साझा कार्यक्रम भएकाले सबैलाई समेट्दै अघि बढ्नुपर्ने बताए । मञ्चका अध्यक्ष केशव पाठकले देश देखि विदेशबाट गत वर्ष भन्दा दोब्बर बढि आर्थिक सहयोग जुटेको उल्लेख गर्दै सबैप्रति धन्यवाद ज्ञापन गरे । सचिव रञ्जन अधिकारीले कमीकमजोरी देखिएका क्षेत्रमा सुधार गर्दै अघि बढ्ने बताउँदै सहयोगी सबैलाई धन्यवाद व्यक्त गरे ।

दोस्रो पोखरा स्पोर्टस् अवार्डमा लाईफटाईम अचिभमेनट अवार्डबाट अग्रज खेलाडी खड्गबहादुर रानाभाट, उत्कृष्ट खेलाडी पुरुषतर्फ लनटेनिसका कुमार अधिकारी, वर्ष उत्कृष्ट खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही, उदयीमान खेलाडी भलिबल÷एथ्लेटिक्सकी ममता डगौरा, उत्कृष्ट प्रशिक्षक तेक्वान्दोका सुनबहादुर लामा तथा उत्कृष्ट खेल संघबाट कास्की जिल्ला लनटेनिस संघले अवार्ड प्राप्त गरेका थिए ।

कार्यक्रम आयोजनार्थ पोखरा लेखनाथ महानगरपालिका कार्यालय र हिमश्री फुड्स प्रालिले सहप्रायोजन गरेको थियो । राष्ट्रिय खेलकुद परिषद्ले उपप्रायोजन गरेको थियो भने विशेष सहयोगीका रुपमा नेपाल खेलकुद पत्रकार मंच केन्द्रिय समिती रहेको थियो । दोश्रो पोखरा स्र्पोट्स अर्वाडका लागि गैर आवाशिय नेपाली संघ युके अध्यक्ष मुछेत्र गुरुङले सबैभन्दा पहिले ५० हजार दिएर सहयोग सुरु भएको थियो । सहारा क्लब यूकेले पनि ५० हजार सहयोग प्रदान ग¥यो । तमु धिँ एशोसियसन युकेका अध्यक्ष ज्ञाम गुरुङ्गले संस्थागत रुपमा मेजर लक्ष्मी प्रसाद गुरुङ्ग मार्फत रु २५ हजार, गैर आवाशिय नेपाली संघ युकेका पूर्व अध्यक्ष सूर्य गुरुङ्गले रु २५ हजार, राखेप पूर्व भलिवल प्रशिक्षक तथा राष्ट्रिय खेलाडी मञ्जु गुरुङ्ग राई÷सपन कुमार राई वाट रु २५ हजार प्राप्त भएको छ ।

ह्याण्डवलका पूर्व राष्ट्रिय खेलाडी एवम समाजसेवी कमल गुरुङ्गले (युके) आफ्नो स्व.वुवा उदय वहादुरको स्मृतीमा उत्कृष्ट खेलाडीलाई रु २५ हजार यस वर्ष पनि प्रदान गरेका छन । उनले यो रकमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेका छन । तमु धीँ युकेका उपाध्यक्ष एवम ह्याण्डवल÷भलिवलका पूर्व खेलाडी हित काजी गुरुङ्गले रु २५ हजार प्रदान गरेका छन ।

यसै गरि युके वाट सहयोग गर्ने सहयोगीहरुमा समाजसेवी गणेश गुरुङ्गले ५० पाउण्ड व्याडमिन्टन÷एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी मिन प्रसाद गुरुङ्गले ४० पाउण्ड, भलिवलका पूर्व अन्तराष्ट्रिय खेलाडी ज्ञान वहादुर रोक्काले ४० पाउण्ड, ह्याण्डवल÷भलिवलका पूर्व राष्ट्रिय खेलाडी ओम पुनले ४० पाउण्ड, ह्याण्डवल÷वास्केटवलका पूर्व राष्ट्रिय खेलाडी यशोदा गुरुङ्गले ४० पाउण्ड, ह्याण्डवल÷भलिवलका पूर्व राष्ट्रिय खेलाडी निर्मला गुरुङ्गले ४० पाउण्ड, मिस युके नेपाल टिमले ४० पाउण्ड, ह्याण्डवलका पूर्व राष्ट्रिय खेलाडी अनु गुरुङ्गले ४० पाउण्ड, तेक्वान्दोका पूर्व राष्ट्रिय खेलाडी चिन गुरुङ्ग ४० पाउण्ड, समाजसेवी अनिता गुरुङ्गले ४० पाउण्ड, समाजसेवी चन्द्र गुरुङ्गले ४० पाउण्ड, तेक्वान्दोका राष्ट्रिय खेलाडी प्रकाश गुरुङ्गले २० पाउण्डले सहयोग गरेका छन । उक्त रकम मध्ये केही रकम पहिले नै प्राप्त भइसकेको थियो भने वाँकी रकम १ लाख ६४ हजार नेपाल ओलोम्पिक कमिटीका सदस्य तेज गुरुङ्गले मंचका अध्यक्ष केशव पाठकलाई अर्वाड कार्यक्रममा हस्तान्तरण गरेका थिए । युके वाट कुल रकम २ लाख ८९ हजार ५ सय प्राप्त भएको छ ।

यस्तै, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका उपाध्यक्ष सुनिल गुरुङ्गले व्यक्तिगत २५ हजार यसपटक पनि सहयोग प्रदान गरे । रेष्टुरेन्ट एण्ड वार एशोसियसन (रेवान) पोखरा, डिटिएच रक ड्रिलिङ्ग प्रालीले काठमाडौ २५ हजार, मिलन गुरुङ्ग पोखरा, पश्चिमाञ्चल होटल संघ पोखरा, भिजन एण्ड भ्यालु काठमाडौ, हिमालयन कम्पुयुटर पोखरा, विस एजुकेशन कन्सल्टेन्सी, राजेन्द्र पाहारी सदस्य पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति, एकता वुक्स पव्लिकेशन हाउस काठमाडौ, इश्वरिय भजन मण्डल, पृथ्वी राजमार्ग वस सञ्चालक समिती, हेम वहादुर पुन परिवार पोखरा, सहारा क्लव पोखरा, पोखरा इन्जिनियरिङ्ग कलेज, हिमालयन ट्रेड युनिप्स, गण्डकी मेडिकल कलेज, हङ्गकङ्ग व्युटी इन्ष्टिच्युट प्राली तथा क्लारा इन्टरनेशनल व्युटी कलेज एण्ड स्पा महेन्द्रपुल, परिचय एडर्भटाइजिङ्ग, प्रकाश थापा जापान, कास्की मोर्डनाइज्ड एकेडेमी पोखरा, स्टार स्टुडियो न्युरोड पोखरा, सामसुङ्ग मोबाइलको डिलर वल्र्ड वाइड कनेक्शन सामसुङ मोबाईल, पोखरा इको मिनरल वाटर, सहयोगी होटल फ्लाइ इन खहरे पोखराले पनि सहयोग गरेको मञ्चले जनाएको छ ।

यस्तै, नेपाल सेभेन ए साइड फुटवल महासंघ, जिल्ला लन टेनिस संघ कास्की, बुल्स म्यान क्लव, कास्की जिल्ला भलिवल संघ, कास्की जिल्ला व्याडमिन्टन संघ, कास्की जिल्ला सितेरियो कराते संघ, कास्की जिल्ला केम्पोकाइ कराते संघ, कास्की जिल्ला क्युकिशिन कराते संघ, कास्की जिल्ला मोया थाई किक वक्सिङ्ग संघ कास्की जिल्ला वुदोकाई कराते संघ, पोखरा वाटर सप्लाई प्राली तथा कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले पनि सहयोग प्रदान गरेका छन् ।

नेपाल खेलकुद पत्रकार मंचले सहयोगीहरु प्रति हार्दिक आभार प्रकट गर्दै तेश्रो संस्करण २०७५ जेठमा गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button