एकतीस जिल्लाका प्रजिअको सरुवा

पोखरा न्युज –

गृह मन्त्रालयले बिहिबार ३१ प्रजिअको सरुवा गरेको छ ।

मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका १० र द्वितीय श्रेणीका २१ प्रजिअको काज सरुवा गरेको हो । सोअनुसार केदारनाथ शर्मा काठमाडौँ, विनोदप्रकाश सिंह पर्सा, ऋषिराम तिवारी झापा, रामप्रसाद आचार्य मोरङ, श्यामप्रसाद भण्डारी धादिङ, बाबुराम श्रेष्ठ महोत्तरी, भागीरथ पाण्डे सप्तरी र महेश आचार्य स्याङ्जाको प्रजिअमा सरुवा हुनुभएको छ ।

यसैगरी कृष्णबहादुर कटुवाल राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका निर्देशकमा र वीरेन्द्रकुमार यादव गृह मन्त्रालयमा सरुवा हुनुभएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button