Pokhara News

नदीमा बग्दै गरेका दाजुभाईको उद्धार


पोखरा न्युज –

वनहरा नदीमा बग्दै गरेका दुई जनाको गए राति उद्धार गरिएको छ ।

कृष्णपुर नगरपालिका–१ दोमिल्लाका अन्दाजी ३० वर्षीय केशव महरा र उनकै दाजु ३५ वर्षीय धर्मलाई बाढी आएको नदी तर्ने क्रममा बग्दै गरेका बेला स्थानीय बासिन्दाले राति ८ बजे उद्धार गरेका हुन् । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीबाट घरतर्फ जाँदै गर्दा नदीमा दुवै जना बगेको स्थानीयवासी सुरतबहादुर साउदले बताउनुभयो । “बगेको स्थानभन्दा झण्डै ७०० मिटर दक्षिणबाट दुवै जनालाई उद्धार गरेका छौँ”, उहाँले भन्नुभयो ।

स्थानीयवासी जनकलाल चौधरीसहितको टोलीले दुवै जनालाई उद्धार गरेको बताइएको छ । नदीमा पुल नहुँदा यहाँका बासिन्दाले बाढी आएका बेला पनि नदी तर्नुपर्ने बाध्यता छ । रासस


अन्य खबर

दाङको कृषि फर्ममा आगलागी लाखौँको क्षति

रासस

सुनसरीमा छोरी जन्माएको भन्दै घर निकाला

रासस

उदयपुरमा चार बलात्कारी रंगेहात पक्राउ

रासस
खुल्दैछ.......