पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पोखरा न्युज –

लगातारको वर्षासंगै पहिरो खसेपछि चितवनको नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ ।

मुग्लिनको मुख्य प्रवेशद्वार र भालुढुंगामा पहिरो खसेपछि शनिबार दिउँसो २ बजेबाट सडक अवरुद्ध बनेको हो । पानी परी रहेकाले पहिरो पन्छाउन समस्या भएको सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए ।

सडक अवरुद्ध भएसंगै ठाउँ ठाउँमा सवारी साधन रोकिएका छन् । पहिरो सानो भएकाले पन्छाउनसाथ यातायात सुचारु हुने इन्जिनयिर खनालले जानकारी दिए । वर्षात सुरु भएसंगै सडकमा जोखिम बढेको छ ।

स्रोत: इकान्तिपुर https://kantipur.ekantipur.com/news/2017-08-12/20170812162512.html

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button