ढुङ्गा झर्दा बस दुर्घटना, एकको मृत्यु, सात घाइते

पोखरा न्युज –

रुकुमबाट दाङ, तुलसीपुर आउँदै गरेको ना ३ ख ३२३० नंको यात्रुवाहक बस तुलसीपुर उपमहानगरपालिकाको रामरी भन्ने स्थानमा पहिरामा पर्दा आज एक जनाको मृत्यु भएको छ ।

सल्यान–रुकुम यातायात प्रालिद्वारा सञ्चालित सो बस गुडिरहेको अवस्थामा सडक माथिबाट ठूलो ढुङ्गासहित पहिरामा पर्दा अन्दाजी ३२ वर्षीय नाम नखुलेका एक पुरुषको घटनास्थलमा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय, दाङका प्रवक्ता भुवनेश्वर पौडेलले जानकारी दिनुभयो ।

सो घटनामा घाइते भएका सात जनालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको जनाइएको छ ।

रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button