एनसेलको सापटी रकममा वृद्धि, ब्यालेन्स ट्रान्सफर सुविधा निःशुल्क

पोखरा न्युज –

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले बाढी प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले सापटी सेवाको रकममा वृद्धि गरेको छ । यस्तै ब्यालेन्स ट्रान्सफर सुविधा पनि निःशुल्क बनाएको छ ।

एनसेलले आकस्मिक सूचना सम्बन्धित ठाँउमा पुर्‍याउन मद्दत गर्नका लागि निःशुल्क आपतकालिन सम्पर्क नम्बर ९००८ पनि सञ्चालनमा ल्याएको जनाएको छ । सापटी सेवा अन्र्तगत एन सेलका प्रिपेड ग्राहकले ४० रुपैयाँ प्राप्त गर्दै आएकोमा मंगलबारसम्मका लागि ६० रुपैयाँ प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ ।

विद्यमान सेवा शुल्क २.५१ रुपैयाँमा नै थप सापटी रकमको सुविधा लिन सक्छन् । प्राप्त सापटी रकमबाट कुनै पनि नेटवर्कमा कल गर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको कुनै पनि सेवा प्रयोग गर्न सकिने एनसेलले जनाएको छ । यसका साथै एनसेलले अन्य बेलामा सेवा शुल्क १.२५ रुपैयाँ लाग्दै आएको ब्यालेन्स ट्रान्सफर सुविधालाई पनि निःशुल्क बनाएको छ ।

यो सुविधा पनि मंगलबारसम्म रहने छ । बाढी प्रभावित क्षेत्रका प्रयोगकर्तालाई आकस्मिक सूचना आदान प्रदान गर्न सघाउने उद्देश्यले एनसेलले निःशुल्क आपतकालिन सम्पर्क नम्बर ९००८ संचालनमा ल्याएको छ ।

यस अन्तर्गत प्रभावित क्षेत्रका एनसेल ग्राहकले ९००८ मा तथा अन्य नेटवर्कका ग्राहकहरुले ९८०९००८००० मा डायल गरी कम्पनीको कल सेन्टरमा रहेका प्रतिनिधि मार्फत आफ्ना सूचना आफ्ना प्रियजनमा पुर्‍याउन सक्ने एनसेलले जनाएको छ ।

स्रोत: उज्यालोअनलाइन https://ujyaaloonline.com/news/81962/ncell/

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button