डा. केसीको मागमा दबाब दिन पोखरामा पनि अनसन सुरु

पोखरा न्युज –

डा गोविन्द केसीको मागमा दबाब दिन पोखरामा पनि अनसन सुरु भएको छ ।

नागरिक समाज पोखराको आयोजनामा सहिदपार्कमा सोमबारदेखि रिले अनसन सुरु भएको हो । अनसनमा नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल, समाजका सदस्य सुनिल पाण्डे, धीरज थापा र कन्या क्याम्पस प्राध्यापक संघका अध्यक्ष उपप्राध्यापक इन्द्रकमल मानन्धर गरी ४ जनाले अनसन सुरु गरेका हुन् । अनसन अघि सहिद पार्क परिसरमा संयोजक पौडेलले पुत्राङ्गीको बिरुवा रोपेका थिए ।

अनसन थाल्नुअघि पोखरा उपत्यका बृहत् सफाइ अभियानका अभियन्तासमेत रहेका समाजका संयोजक रामबहादुर पौडेलले गोविन्द केसीले उठाएका माग जायज रहेको भन्दै अनसन थालिएको बताए । उनले जहिलेसम्म केसीका माग राज्यले पूरा गर्दैन, तबसम्म अनसन नतोडिने प्रतिक्रिया दिए ।

सो क्रममा वरिष्ठ अधिवक्ता तिलक पराजुली, भूपनिधि पन्त, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष शशी तुलाचन, सहिद पार्कका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले अनसनप्रति समर्थन जनाउँदै नागरिक समाजको पहलको सह्राहना गरे ।
कार्यक्रम संचालन समाजका सदस्य विष्णुहरि अधिकारीले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button