Pokhara News

बाढीपहिरो पीडितका लागि बारले एक लाखको कोष खडा गर्ने

पोखरा न्युज –

नेपाल बार एसोसिएसनको आज बसेको बैठकले तराईमा वर्षाका कारण भएको बाढी पहिरो पीडितलाई सहयोग गर्न रु एकलाखको कोष खडा गर्ने निर्णय गरेको छ ।

बाढी पीडितका लागि रु एक लाखको कोष खडा गरी वाणिज्य बैंकको खाता नम्बर ३४४३२ मा बचत गर्न सम्पूर्ण कानुन व्यवसायी, बार एकाइ तथा इच्छुक संघसंस्थालाई आग्रह गरेको बारका महासचिव खुम्बबहादुर खातीले जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण विशेषगरी तराईमा आएको बाढी कारण कयौको ज्यान गएको छ भने कतिपय घरबारविहीन भएकोप्रति बार मर्माहत भएको र यस दुःखद् घडीमा सहयोग गर्न एसोसिएसनले सबैमा अपिल गरेको छ । रासस

अन्य खबर

स्याङ्जा आँधीखोला बगरको कमाइले दशैँ मान्दै मजदूर महिला

रासस

पोखराबाट दशैंको दिनमा २ सय देखि २ सय ५० गाडी संचालनको व्यबस्था मिलाउछौ- केसी

पोखरामा टीकाको दिन सार्वजनिक यातायात सहज बनाइने

रासस
खुल्दैछ.......