चौधरी ग्रुपद्वारा राहत वितरण

पोखरा न्युज –

चौधरी ग्रुपले सप्तरीका तीनवटा गाउँका बाढीपीडित परिवारलाई बुधबार राहत वितरण गरेको छ ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाअन्तर्गत २, ३ र ४ नं वडाको सकरदही, मधुवापुर र कदमाहाका ५७० परिवारलाई राहत प्रदान गरिएको बताइएको छ ।

सो ग्रुपले बाढीबाट विस्थापित तथा प्रभावित भएका परिवारलाई दश प्याकेट चाउचाउ, एक किलो भुजिया र एक बोतल मिनरल वाटरलगायतको सामग्री वितरण गरिएको चौधरी ग्रुपका सिनियर म्यानेजर अनिल सिंहले जानकारी दिनुभयो ।

यस्तै, एक हप्ता अगाडि सप्तरीको राजविराज–१५ स्थित खाँडो नदीमा देउरी भरुवाबाट बगेर बेपत्ता भएका डोमी यादवको परिवारलाई राष्ट्रिय जनता पार्टीले आर्थिक सहयोग गरेको छ ।

राजपा सप्तरीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रसिंह यादवको नेतृत्वमा स्थानीय नेता तथा कार्यकर्ताले बेपत्ता यादवको परिवारलाई रु ११ हजार आर्थिक सहयोग गरेको राजपा नेता गजेन्द्र मण्डल (अनुराग)ले जानकारी दिनु्भयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button