Pokhara News

पोखरामा ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर हुने


पोखरा न्युज –

एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेस पोखराको आयोजनामा आज ‘ग्राण्ड अष्ट्रेलियन एजुकेसन फेयर’(शैक्षिक मेला) हुने भएको छ ।

शैक्षिक मेलाको सम्पूर्ण तयारी पूरा भएको बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा एक्सपर्ट पोखराका निर्देशक रमेशकुमार थापाले जानकारी दिनुभयो ।

होटल बाराही लेकसाइडमा हुने फेयरमा अष्ट्रेलियाका १० वटा विश्वविद्यालय तथा क्याम्पसको प्रतिनिधित्व रहने छ ।

थापाका अनुसार उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको हो । “फेयरमा अष्ट्रेलियाबाट आएका दक्ष काउन्सिलरले परामर्श प्रदान गर्नेछन्,” उहाँले भन्नुभयो, “उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीका लागि फेयर निकै उपयोगी हुने विश्वास लिएका छौँ ।”

अस्ट्रेलियाको उच्च शिक्षासम्बन्धी सम्पूर्ण जानकारी फेयरबाट विद्यार्थीलाई प्रदान गरिने एक्सपर्ट मेल्वर्न, अष्ट्रेलियाका निर्देशक सरोजकुमार शर्माले बताउनुभयो ।

रासस


अन्य खबर

म्याग्दीको त्रिभुवन मंगला माविमा दुईकोठे भवन निर्माण

रासस

प्रदेश नं ४ मा प्राविधिक विश्वविद्यालयमा जोड

रासस

गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ – मन्त्री अधिकारी

रासस
खुल्दैछ.......