झापामा बाढीबाट हालसम्म १३ को मृत्यु

पोखरा न्युज –

झापामा हालै आएको बाढीका कारण अहिलेसम्ममा १३ जनाको ज्यान गएको र दुईजना बेपत्ता रहेका नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।

प्राप्त जानकारीअनुसार बाढीबाट दुई हजार ५२४ परिवार प्रभावित र दुई हजार ४४४ परिवार विस्थापित तथा ५२१ परिवारका घर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ ।

सोसाइटीका सभापति लोकराज ढकालले बाढीमा परेका ४४० परिवारका दुई हजार २०० व्यक्तिलाई सुरक्षाकर्मीले उद्धार गरी विद्यालय, सामुदायिक भवनलगायतका सुरक्षित आश्रयस्थलमा राखेका छन् ।

बाढी पीडित परिवारमा नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखाद्वारा त्रिपाल, कम्बल, एनएफआरआई फुलसेट, भाडा सेट, झुल, म्याट, हाइजिन कीट, एक्वा ट्यावलगायतका गैरखाद्य सामग्री प्रभावित एकहजार ८५० परिवारलाई आवश्यकताका आधारमा वितरण गरिएको छ भने नेपाल रेडक्रस, क्यारिटास नेपाल, साहारा नेपाल, एलडव्ल्युएफ, झापा अष्ट्रेलिया समाज, कोरियन नेपाली समाज, रोटरी क्लब, उद्योग वाणिज्य संघलगायतका संघ संस्थाद्वारा झापा जिल्लाका बाढी प्रभावित एकहजार ७६० परिवारलाई चामल, दाल, चिनी, नुन, तेल, चिउरा, न्यूटेला, आलुलगायतका खाद्य सामग्री वितरण गरिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button