प्रधानमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

पोख्स्र्स न्युज –

प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बाढी प्रभावित क्षेत्रको आज हवाई तथा स्थलगत निरीक्षण गर्नुभएको छ ।

गुलरिया नगरपालिका–८ स्थित गोलपार्कमा बाढी विस्थापितसँग भेटघाट गर्नुहुँदै प्रधानमन्त्री देउवाले सरकारले सक्दो चाँडो क्षतिपूर्ति उपलब्ध गराउने बताउनुभयो । उहाँले बाढी पीडितलाई राहत उपलब्ध गराउन सरकार लागिपरेको बताउनुभयो ।

“निर्धक्क साथ बस्नुस्, सरकारले राहत उपलब्ध गराउँछ,” उहाँले भन्नुभयो । बाढीबाट अत्यधिक धनजनको क्षति भएकामा प्रधानमन्त्री देउवाले दुःख व्यक्त गर्नुभयो । तत्काल क्षति अनुसारको सहयोग गर्न नसके पनि बाढी पीडितलाई औषधि उपचार, बिचल्लीमा परेकालाई लत्ताकपडा तथा खाद्यान्न उपलब्ध गराउने उहाँले आश्वासन दिनुभयो ।

प्रधानमन्त्रीका साथमा सिँचाइमन्त्री सञ्जयकुमार गौतम रहनुभएको छ । बाढीबाट बर्दियामा एक हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । बाढी पीडित अहिले जिल्लाका ४१ वटा विद्यालयमा शिविर खडा गरेर बस्दै आएका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button