सेना ६ वटा हेलिकप्टर खरिदको क्रममा

पोखरा न्युज –

नेपाली सेनाको हेलिकप्टर क्षमता बढाउनुपर्छ भनी गोर्खा भूकम्पपछि पेश गरिएको योजना कार्यान्वयन गर्ने क्रममा नेपाली सेनाले छ वटा हेलिकप्टर खरिद प्रक्रिया शुरु गरेको छ ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले दुई वटा ठूला, दुई वटा मध्यम र दुई वटा साना हेलिकप्टर खरिदको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

नेपाली सेनासँग भएका ठूला चार वटा एमआइ १७ हेलिकप्टरमध्ये एउटा हेलिकप्टर मर्मतका लागि लिथुनियाँ पठाइएको पनि सो अवसरमा जानकारी दिइयो ।

“जुनसुकै विपत्ति होस् वा विकास निर्माणमा ठूला हेलिकप्टरको अत्यधिक माग हुँदै आएको छ”– उहाँले भन्नुभयो ।

सो अवसरमा बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षति र राहत वितरणका बारेमा जानकारी दिइएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button