त्रिशूली नदीमा नुहाउने क्रममा बेपत्ता

पोखरा न्युज –

त्रिशूली नदीमा नुहाउने क्रममा बेलकोटगढी नगरपालिका–८ काशीटारका एक युवक आज बेपत्ता भएका छन् ।

दाङ किकडा घर भएका २० वर्षीय झंकेबहादुर कुमाललाई आज अपराह्न नदीमा नुहाउने क्रममा नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । गल्छी– त्रिशूली– मैलुङ सडक आयोजनामा काम गर्दै आएका कुमाललाई तीन जना साथीसँगै त्रिशूलीमा नुहाउने क्रममा नदीले बगाएको हो । कुमालसँगै बगेका अन्य दुई साथी केही तल पुगेर उत्रिन सफल भए पनि कुमाल भने बेपत्ता भएको प्रहरीले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button