बुद्ध धर्मबाट नेपाल र ब्राजिलको सम्बन्ध प्रगाढ

पोखरा न्युज –

धर्मकीर्ति विहार संरक्षण कोषको आयोजनामा ‘ब्राजिलमा बुद्ध धर्म’ विषयक प्रवचन कार्यक्रममा नेपालका लागि ब्राजिलका राजदूत मारिया तेरासा पेस्सोले बुद्ध धर्मले नेपाल र ब्राजिलका जनस्तरको सम्बन्धलाई प्रगाढ बनाएको बताउनु भएको छ ।

उहाँले ब्राजिलमा पनि बुद्ध धर्मको महायान, थेरवाद तथा बज्रयान बुद्ध धर्मको महत्व रहेको बताउँदै भगवान बुद्धको शान्तिको सन्देश विश्वशान्तिका लागि प्रेरणादायी भएको विचार व्यक्त गर्नुभयो ।

धर्मकीर्ति विहारका धम्मवती गुरुमाले ब्राजिलका राजदूतले ब्राजिलमा बुद्ध धर्मको विकासका विषयमा बृहत् जानकारी दिएर ब्राजिलमा बुद्ध धर्मको प्रचारप्रसारबारे थप जानकारी प्राप्त गर्न नेपालीलाई सहयोग पुगेकोे बताउनुभयो ।

धर्मकीर्ति विहार संरक्षण कोषका सचिव प्रफुल कमल ताम्राकारले बुद्धको जन्मस्थल नेपाल विश्वशान्ति केन्द्रका रुपमा रहेको चर्चा गर्नुभयो ।

सो कार्यक्रममा धम्मवती गुरुमाले राजदूत पेस्सोलाई बुद्धको मूर्ति उपहारस्वरुप प्रदान गर्नुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button