Pokhara News

विराटनगर विमानस्थल आंशिक रुपमा सञ्चालन

पोखरा न्युज –

बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आज आंशिक रुपमा सञ्चालन भएको छ ।

धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल आजदेखि उडान गर्न योग्य भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरण विराटनगरका प्रमुख सुरेशमान सिंहले बताउनुभयो ।

सिंहका अनुसार विमानस्थल क्षेत्रका विद्युतीय उपकरणहरुको मर्मत र परीक्षण गर्न बांकी रहेकाले पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक महिना लाग्ने छ । आज यती र सौर्य एयरलायन्सले उडान भर्ने छन । बुद्धले आईतबार नेपाल वायुसेवा निगमले सोमबार देखि उडान भर्ने कार्यलय प्रमुख सिंहको भनाई छ । रासस

अन्य खबर

आज विजयादशमी, टीकाको शुभसाइत बिहान ९ः५१ मा

स्याङ्जा आँधीखोला बगरको कमाइले दशैँ मान्दै मजदूर महिला

रासस

पोखराबाट दशैंको दिनमा २ सय देखि २ सय ५० गाडी संचालनको व्यबस्था मिलाउछौ- केसी

खुल्दैछ.......