‘झोले खेलकुद संघ खेलकुद विकासमा बाधक’–अध्यक्ष पौडेल

पोखरा न्युज –

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले झोलाका संघ खारेज नभए सम्म खेलकुद विकासले गति नलिने बताएका छन । कास्की जिल्ला लन टेनिस संघको तेश्रो वार्षिक साधारणसभामा अध्यक्ष पौडेलले झोले संघहरु खेल विकासका बाधक र अवरोधका रुपमा रहेको बताए ।

झोले संघहरु खारेज गर्न तर्फ राष्ट्रिय खेलकुद परिषदले पहल थालेकोमा खुसी व्यक्त गर्दै उनले पोखरा लाई दोश्रो राजधानीको रुपमा रहेको भन्दै आइएको भए पनि खेलकुदका लागि भने पोखरा संधै राजधानीको रुपमा नै रहेको बताए । खेलकुद र पर्यटनको सम्वन्धलाई अझै विकास गर्न धेरै काम गर्नु पर्ने उल्लेख गर्दै अव पोखरामा निर्माणहुने सबै पूर्वाधारहरु अन्तराष्ट्रिय मापदण्डका हुने बताए ।

अध्यक्ष पौडेलले अझै पनि खेलकुद विकासका लागि राज्यले कुल बजेटको एक प्रतिशत बजेट छुटएकोमा दुःख व्यक्त गर्दै पोखरामा अन्तराष्ट्रिय स्तरको टेनिस हार्ड कोर्ट निर्माण गर्न पहल गर्ने बताए । दोश्रो पोखरा स्र्पोट्स अर्वाडमा उत्कृष्ट खेलकुद संघ बन्न सफल लन टेनिस संघले आफ्नो उत्कृष्टतामा थप निखरता ल्याउन समेत उनले सुझाव दिए ।

सो अवसरमा कास्कीका जिल्ला प्रहरी प्रमुख प्रहरी एसपी अशोक सिंहले पोखरा प्रकृतीले मात्र सुन्दर नभई शुरक्षित पोखरा निर्माणका लागि आफुले पहल थालेको बताए । खेलकुदमा लागेकोले कहिल्यै गल्ती नर्गने सोच आफुले लिएको पोखरालाई लागु औषध मुक्त क्षेत्र गर्न पनि खेलकुदको विकास अपरिहार्य रहेको बताए । उनले पोखराको विकासका लागि सबै संग मिलेर प्रहरीले कार्य गर्ने वताउँदै सबैको यसमा सहयोगको अपेक्षा रहेको बताए ।

कास्की जिल्ला लन टेनिस संघका अध्यक्ष विनोद कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल खेलकुद पत्रकार मंच कास्कीका अध्यक्ष केशव पाठक, संघका द्वितिय उपाध्यक्ष नारायण पाहारीले वोलेको थिए । सो कार्यक्रममा सचिव लोक गुरुङ्गले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पोखरामा सेम्टेम्वर ११ देखि २३ तारिख सम्म संचालन हुने अन्तराष्ट्रिय आइटिएफ लन टेनिस सफल बनाउन सबै संग सहयोगको अपिल समेत गरेका थिए ।

तेश्रो वार्षिक साधारणसभामा आयोजित डवल्स तर्फको सिनियर लन टेनिसको उपाधी धरम सिंह लामिछाने र नविन चालिसे को जोडीले प्राप्त गरेको छन । उनिहरुले राजु गुरुङ्ग र अनिल तुलाचनलाई हराएका थिए । कार्यक्रममा हालै कास्की सरुवा भएर आएका कास्की जिल्ला प्रहरी प्रमुख एसपी अशोक सिंहलाई स्वागत गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button