पोखरामा दर खादै राहत संकलन

पोखरा न्युज –

नेपाली नारीहरुको महान पर्व हरितालिका जित पर्व जनिकिदै गर्दा महिलाहरुले आज शनिबार धेरै ठाँउमा दर खादै बाढी प्रभावितहरुको लागि रहात समेत संकलन गर्ने भएका छन । तराइका बाढी प्रभावितहरुको लागि दर खादै आफुहरुले सक्दो रहात संकलन गर्ने भएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका अध्यक्ष पम्फा पहारीले बताईन ।

उनका अनुसार आज पोखरामा युनियनमा आबद्ध महिलाहरुले एक आपसमा दुखः सुख साटसाट गर्दै दर खानुको साथै रहात संकलन अभियाजनमा जुटेका छन । कार्यक्रमका प्रमुख अतिथी युनियनका संस्थापक अध्यक्ष तथा बरिष्ठ सौन्दयकर्मी एवं संचारकर्मी मिना गुरुङले देशै भरी पहिरो र बाढीले धेरै जनतालाई प्रभावित पारेकोले आफुहरुले पनि सक्दो रुपमा सहयोग गर्नुपर्ने बताइन। युनियनका अध्यक्ष पहारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिफन्ट प्रदेश नम्बर ४ का आर्थिक संयोजक रुद्र खत्रि, पर्यटन व्यवसायि बिष्णु गुरुङ, महासचिव सुमन गुरुङ लगायतले वोलेका थिए ।

यसैबिच, समग्र उद्योग ट्रेड युनियन नेपाल पोखरा नुडल्स प्रतिष्ठानले महिलाहरुको महान पर्वको अवसरमा शनिबार दर खुवाएको अध्यक्ष पदम थापाले बताए । कार्यक्रममा प्रमुख अतिथी बरिष्ठ सौन्दयकर्मी एवं संचारकर्मी मिना गुरुङ, प्रतिष्ठानका धिरज गुरुङ, विकास थापा लगायतले वोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button