तराईका बाढीपीडितका लागि पोखरामा चार लाख राहत संकलन

पोखरा न्युज –

तराईका बाढीपीडितका लागि पोखराका विभिन्न संघसंस्थाले रु चार लाख १८ हजार नगद राहत संकलन गरेका छन् ।

पश्चिमाञ्चल होटल संघले रु एक लाख ५० हजार नगद संकलन गरेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो । संघका तर्फबाट थप रु ५१ हजार होटल व्यवसायीबाट संकलन गरिएको थियो ।

त्यस्तै पोखरा उद्योग वाणिज्य संघले रु एक लाख ५६ हजारभन्दा बढी राहत संकलन गरेको संघका अध्यक्ष विश्वशंकर पालिखेले बताउनुभयो । संघले रु एक लाखको बाढीपीडित राहत कोष स्थापना गरेपछि बाँकी विभिन्न उद्यमी तथा व्यवसायीले सहयोग गर्नुभएको थियो ।

यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विभिन्न क्याम्पसमा पुगेर रु एक लाख १२ हजार राहत संकलन गरेको राहत संकलन अभियानका संयोजक विवेक देवकोटाले जानकारी दिनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button