पोखराको बाटुलेचौरमा ह्याण्डबल प्रतियोगिता आज बाट

पोखरा न्युज –

पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ स्थित मैदानमा आजदेखि हुने बाटुलेचौर तीज मेलाका अवसरमा आयोजित ह्याण्डबल प्रतियोगिताको तयारी पूरा भएको छ । हिमालय युवा क्लबको आयोजना तथा पोखरा प्लान्टेनियम एण्ड साईन्स सेन्टरको मुख्य प्रायोजनमा हुने अन्तर विद्यालय सिनियर छात्रछात्रा ह्याण्डप्रतियोगिताको तयारी पूरा भएको आयोजकले एक कार्यक्रम आयोजना गरी जानकारी दिएको छ ।

क्लबका सचिव मोहनबहादुर थापाका अनुसार प्रतियोगितामा छात्रतर्फ १६ तथा छात्रातर्फ १५ टीमले सहभागिता जनाउँदैछन् ।प्रतियोगितामा विजेता, उपविजेता, फेयर प्ले टीम तथा उत्कृष्ट खेलाडीहरुलाई प्रदान गरिने ट्रफी प्रदर्शनी समेत गरियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल खेलकुद पत्रकार मञ्च कास्की अध्यक्ष केशव पाठक, विशेष अतिथि नेपाल ह्याण्डबल संघका केन्द्रिय अध्यक्ष तेजबहादुर गुरुङ, ह्याण्डबल खेल संयोजक नारायणप्रसाद देवकोटा लगायतले ट्रफी प्रदर्शनी गरे ।

खेलकुद पत्रकार संघ, कास्की अध्यक्ष पाठकले यति ठूलो कार्यक्रम आयोजना गरेर विद्यालय स्तरमा ह्याण्डबल खेलको प्रवद्र्धन गरेकोमा आयोजकप्रति आभार प्रकट गरे । उनले ऐतिहासिक बाटुलेचौर तीजे मेलामा विभिन्न खेल समावेश गरी खेलक्षेत्रमा क्लबले योगदान पुरयाएको उल्लेख गरे ।

ह्याण्डबल खेलमा छात्रछात्रा दुवै तर्फ विजेताले नगद १५ हजार शिल्ड मेडल प्रमाणपत्र, उपविजेताले नगद १० हजार शिल्ड, मेडल र प्रमाणपत्र, सेमिफाईनालिस्ट टोलीले नगद दुई हजार पाँच सय मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

भदौ आठ गतेसम्म हुने मेलामा विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता, समूहगत तीज गीत तथा नृत्य प्रस्तुति, छेलो हान्ने, रस्साकसी, घैंटो फुटाउने, म्यूजिकल चेयर लगायतका विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएका छन् ।

सोमबार मेलाको उद्घाटन नेपाली सेनाको पश्चिम पृतनापति उपरथि देवेन्द्रबहादुर मेधासीले गर्नेछन् । मेलामा विभिन्न विभिन्न स्रष्टाहरूलाई समेत सम्मान गर्ने कार्यक्रम छ । महिला पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गरिने अध्यक्ष जीवनारायण श्रेष्ठ जीवनले जानकारी दिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button